बलात्कारपछि हत्या गर्ने पक्राउ

बलात्कारपछि हत्या गर्ने पक्राउ

विराटनगर : बलात्कारपछि महिलाको विभत्स हत्या गर्ने मोरङको मिक्लाजुङ गाउँपालिका-७ का ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। घटनामा संलग्न बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिनाभन्दा बढी समय लाग्यो।

मिक्लाजुङ- ७ सिसौलीकी ४४ वर्षीया शान्ति राई (तामाङ) को गत फागुन १९ गते राति बलात्कारपछि विभत्स रुपमा हत्या गरेर फ्यालेको अवस्थामा शव स्थानीय ग्याङ्ग्री खोलामा फेला परेको थियो। घटनापछि हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले विशेष अनुसन्धान टोली बनाएको थियो। 

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिए। भने, 'घटनामा संलग्न पक्राउ परेपछि बलात्कारपछि महिलाको हत्या गरिएको पत्ता लाग्यो।शवको पोष्टमार्टम रिपोर्टमा पनि यो कुरा खुलाइएको छ।'

मिक्लाजुङ-७ कै कमल बोहराको घरमा राखिएको चिन्ता (धामी) हेरेर राति घर फर्कने क्रममा महिलाको बलत्कारपछि हत्या गरिएको खुलेको एसपी केसीले बताए। उनका अनुसार महिलाको शव विभत्स र निवस्त्र रुपमा फेला परेपछि बलात्कारपछि हत्या गरिएको आशंकामा अनुसन्धान केन्द्रीत थियो। 

'महिलाको शव शरीरमा लगाएका सबै कपडा खोलेको, अनुहार ढुँगाले किच्याएर चिन्नै नसक्ने गरी क्षतविक्षत बनाएको, स्तनलगायत शरीरका विभिन्न अंगमा चोटपटक भएको अवस्थामा फेला परेको थियो,' उनले भने, 'त्यतिबेला घटनाको प्रकृति हेर्दा पनि आफू बाँच्नका लागि महिलाले अन्तिम समय सम्म संघर्ष गरेको प्रष्ट हुन्थ्यो।'

बोहराको घरमा राखिएको चिन्ता हेरेर महिला घरतर्फ फर्किएको र घटनामा संलग्न बस्नेत स्थानीय होटेलमा मदिरा सेवन गरेर निस्कदै गरेको अवस्थामा दुईजनाबीच भेट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। महिलासँग भेट हुनु अघि बस्नेतले अलगअलग तीन ठाउँमा बसेर मदिरा सेवन गरेको पनि खुलेको छ।

एउटै वडाका बासिन्दा भए पनि दुईजनाबीच एकआपसमा चिनजान भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थल चिन्ता राखिएको घरभन्दा लगभग तीन/चार सय मिटर पर छ। 

रातको समयमा बस्नेतले चिन्ता हेरेर फर्किएकी महिलालाई भेटेपछि घर पुर्‍याइदिन्छु भनेर भनेको र त्यसपछि दुबैजना ति महिलाको घरतर्फ लागेको खुलेको एसपी केसीले बताए।उनका अनुसार त्यहाँबाट दुबैजना खैनी र चुरोट खाँदै अघि बढेको र केही पर पुर्‍याएर बलत्कार गरेपछि ढुँगाले किच्याएर महिलाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

बलात्कार गरेको कुरा खुल्ने डरले महिलाको हत्या नै गरेको पत्ता लागेको प्रहरीले जनाएको छ। बस्नेतको मिक्लाजुङमै कुखुरा फर्म पनि छ। प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा धेरै व्यक्तिलाई पक्राउ गरेको थियो।

एसपी केसीले घटनामा प्रयोग गरिएका दुईवटा ढुँगा प्रहरीले घटनास्थलबाट बरामद गरेर परीक्षणका लागि पनि पठाइसकेको र त्यसको रिपार्ट भने आउन बाँकी रहेको जनाए। 'घटना हुनुअघि बस्नेतसँग अरु व्यक्तिले पनि बसेर सँगै मदिरा सेवन गरेको खुलेको छ,' उनले भने, 'मदिराको पैसा पनि अरुले नै तिरेको देखिन्छ।'

केसीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको बताए। उनले पक्राउ परेका बस्नेत विरुद्ध भने कर्तव्य ज्यान शीर्षकमा मुद्धा चलाउन बुधबार नै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.