क्रिश्चियनका विश्वासीले मृत शिशु ब्यूँत्याउन खाडलबाट झिकेपछि...

क्रिश्चियनका विश्वासीले मृत शिशु ब्यूँत्याउन खाडलबाट झिकेपछि...

स्याङ्जाः मरेको ५ महिने शिशु ब्यूँताउने आश्वासन दिने एक किशोरीसहित तीनजना क्रिश्चियन धर्मावलम्बीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हरिनास गाउँपालिका–७ चाङ्सिङ्का १४ वर्षीया सचिना परियार, २४ वर्षीया कृष्णमाया थापा र ३० वर्षीया गंगा थापा छन् । परियार अमला भञ्ज्याङ् माविका कक्षा १० की विद्यार्थी हुन् । 

स्थानीय रिमबहादुर विक र रीता विकका शिशुको असार ११ गते मृत्यु भएको थियो । शिशुको मृत्युपछि उनका आफन्तले जमिनमुनि खाडलमा पुरी आफ्नो धार्मिक संस्कार अनुरुप अन्तयेष्टि गरे । अन्त्येष्टिको करिब २ घण्टापछि त्यही गाँउका तीनजना आएर शिशु नमरेको बताए । विश्वासीको प्राथनापछि ब्यूँतिन सक्ने आश्वासन दिएर शिशुको शव खाडलबाट झिकेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । 

‘शिशु झिकेपछि काखमा राखेर प्राथना गरेँ, तर शिशु ब्यूँतिएन’, १४ वर्षीया सचिना परियारले भनिन् । आफ्नी आमाको खुट्टामा लागेको चोट विश्वासीको प्राथनापछि ठीक भएका कारण आफू विश्वासी बन्नेतर्फ लागेको सचिनाले बताएकी छन् । त्यसपछि गाँउमा हल्लखल्ला मच्चियो । उनीहरु तीनैजनालाई तनहुँको खैरनीबाट बिहीवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.