गुलरियामा भारी बर्षा, सतर्क रहन अाग्रह
गुलरिया : आइतबारदेखि गुलरियामा भारी बर्षा भइरहेको छ । जल मापन केन्द्रका अनुसार बर्दियाको गुलरिया र रानीजरुवामा चौबिस घण्टादेखि लगातार बर्षा भइरहेको हो । सोमबार बिहान गरिएको जल मापन अनुसार गुलरियामा १ सय ७३ दशमलव ८ मिलिमिटर वर्षा भएको हो । १२ घण्टामा १ सय ५९ दशमलव ८ एमएम बर्षा भएको हाईड्रोलोजी वेभसाइडमा उल्लेख छ ।
रानीजरुवामा २४ घण्टामा १ सय ८४ दशमलव ६ एमएम बर्षा भएको छ । १२ घण्टामा १ सय ८० दशमलव २ एमएम बर्षा भएको जनाइएको छ ।
पश्चिम राप्ती नेपालगञ्ज क्षेत्रमा २४ घण्टामा १ सय ७२ दशमलव २ एमएम वर्षा भएको छ । २४ घण्टामा १ सय ४० मिलिमिटर बर्षा भएमा सतर्कताको अवस्था रहने जनाइएको छ । बबई र पश्चिम राप्ती नदी आसपासका क्षेत्रमा बर्षा भइरहेकोले सतर्क रहन अाग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
३