जीप दुर्घटना हुँदा ११ जना घाइते

जीप दुर्घटना हुँदा ११ जना घाइते

बिर्तामोड :  ताप्लेजुङबाट झापा आउँदै गरेको जीप इलाममा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका ४ किटेनीमा मे १ ज २४१९ नम्बरको बलेरो जीप दुर्घटनामा परी ११ यात्रु घाइते भएको प्रहरी चौकी किटेनीले जनाएको छ । 

घाइते हुनेहरुमा जीपका चालक इलाम देउमाई नगरपालिका–१ चमैता बस्ने दावा शेर्पा, ताप्लेजुङ फुङ्लिङ नगरपालिका– ८ का याम कुमार गुरुङ, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका– ४ का प्रकाश किरण दाहाल, झापा बुद्दशान्ति गाउँपालिका– ८ बस्ने तेजमान लावती, पाँचथर हिलिहाङ गाउँपालिका–४ बस्ने मन बहादुर राना, उनकी १३ वर्षकी छोरी प्रसुन्न राना, ताप्लेजुङ फुङलिङ नगरपालिका– ७ की गंगा गुरुङ, उनकी १७ महिनाको छोरा युकेश गुरुङ, ताप्लेजुङ फुङ्लिङ नगरपालिका– ८ की कमला गुरुङ, झापा हल्दिबारी गाउँपालिका १ गोलधापकी अन्जु नेम्बाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका– ३ की रिजा नेम्बाङ रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अबस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.