जिप पल्टिँदा सात घाइते

जिप पल्टिँदा सात घाइते

भोजपुर : आमचोक गाउँपालिकामा गएराति बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । बुधबार राति करिब सवा नौ बजे आमचोक गाउँपालिका–४, बालंखाबाट रानीटार जाँदै गरेको को१ज २३४७ नम्बरको बोलेरो जिप पाङ्चाको राङ्चामा अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनाहुँदा जिपमा सवार चालकबाहेक सातैजना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको हो । घाइते हुने सातमध्ये पाँच जनालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दुई जनालाई सप्तरीको फत्तेपुरस्थित क्लिनिकमा लगिएको छ ।

घाइते हुनेमा आमचोक गाउँपालिका–९, दुम्मानाका १६ वर्षीया रिना श्रेष्ठ, ३७ वर्षीय छविराज राई, १५ वर्षीया रेविना राई, ३८ वर्षीय योगराज श्रेष्ठ, आमचोक–८ दुम्मानाका १६ वर्षीय नरेश विष्ट र आमचोक–१० पाङ्चाका ५५ वर्षीय नारायण श्रेष्ठ र उदयपुर जिल्ला ठोक्सिलाका ४६ वर्षीय भोला तामाङ रहेका छन् ।

योगराजको बाँया हात भाँचिएको छ । उनको धरानस्थित घोपामा उपचार भइरहेको छ । अन्य ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी तीन जनालाई भने घटनापश्चात् सकुशल घर फर्काइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए ।

घटनापछि फरार जिप चालकको खोजी भइरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.