झापामा दुई बालबालिकासहित तीनको मृत्यु

झापामा दुई बालबालिकासहित तीनको मृत्यु

झापा  ः छुट्टाछुट्टै घटनामा दुई बालबालिकासहित तीन जनाकाे मृत्यु भएको छ । सर्पको डसाइबाट बाह्रदशी गाउँपालिकामा एक युवतीको मृत्यु भएको छ भने भद्रपुरमा डुबेर अढाइ वर्षीया एक बालिका र केचनकवलमा चार वर्षीय एक बालकको मृत्यु भएको हो ।

सर्पको डसाइबाट मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–७ चेक्राबारीका २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो ।

सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो ।

झापाकै भद्रपुर नगरपालिका –१ निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रोविका तामाङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चारआली–केचना सडकखण्ड अन्तर्गत हिमाली चोकमा नालामा जमेको पानीमा बालिका बुधबार साँझ डुबेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

पानीमा डुबेर बेहोस अवस्था भेटिएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उता केचनकवल–७ बालुबाडीमा पनि चन्द्रमोहन भट्टराई स्मृति मार्गको किनारमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार वर्षीय बालकको ज्यान गएको छ।

बिहीबार दिउँसो सोही स्थानका कृष्ण राजवंशीका चार वर्षीय छोरा जयराम राजवंशी सडक किनारको जमेको पानीमा डुबेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.