पर्वतमा पहिरोले एकको मृत्यु, ६ घाइते
पर्वत : पर्वतको जलजला गाउँपालिका– ८ मा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । पहिरोमा पुरिएर विकास परियारको मृत्यु भएको छ भने छ जना घाइते घएका छन् । घाइतेको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
अविरल वर्षाका कारण यहाँका १५ घर जोखिममा रहेका छन् । जोखिममा रहेका सर्वसाधरणहरु नजिकको विद्यालयमा आश्रय लिएर बसेका छन् । मृतकको शव पोषटमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।