पानी किनेर घर निर्माण

पानी किनेर घर निर्माण

खोटाङ : भूकम्पपीडित घर बनाउन पानी किन्न बाध्य छन् । पूर्वी पहाडी जिल्लामा पानी अभावका कारण भूकम्पपीडित पानी किनेर घर बनाइरहेका छन् । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका अधिकांश स्थानमा पानी अभाव छ । खानेपानीसमेत हाहाकार हुने यहाँका भूकम्पपीडितले ट्यांकरबाट ल्याएको पानी किनेर घर बनाइरहेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ निसङ्खेका श्यामकुमार कटुवालले घर बनाउँन २० हजार रुपैयाँको पानी किनिसकेका छन् । ‘पानीको धेरै समस्या छ, १ रुपैयाँ लिटर पानी किनेर घर बनाइरहेका छौं’, ४४ वर्षीय कटुवालले भने, ‘२० हजारको किनिसके, अब कति लाग्ने हो खै ।’ खानेपानी पनि ४५ मिनेटको दुरीबाट बोकेर ल्याउनु पर्ने अवस्था छ ।

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ तिङ्ला अनिता विक पनि पानी किनेर घर बनाएको बताउँछिन् । ‘यहाँ त पानी साह्रै दुःख छ, खाने त पानी छैन, घर बनाउन अझ नै गह्रो छ’, अनिता भन्छिन, ‘सरकारले अनुदानमा दिने पैसा पानी किन्दैमा सकिने भयो ।’

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका कार्तिके, अर्घौले, राजापानीका अधिकांश गाउँमा पानीको अभाव छ । कतिपय पीडितले त पानी अभावकै कारण घर बनाउन सकेका छैनन् । कतिपयले अकासे पानी संकलन गरी घर बनाइरहेका छन् । कतिपय भने ट्यांकरबाट ल्याएको पानी किनेर घर बनाइरहेका छन् । हलेसी तुवाचुङ–७ कार्तिकेका विनोद राईले पानी किनेर घर बनाइरहेको बताए । दुधकोशी, सुनकोसीलगायतका नदीबाट ट्यांकरमा ल्याएको पानी किन्नु पर्ने अवस्था रहेको उनले बताए ।

हलेसी तुवाचुङ ७ का खामबहादुर राईले पानीको अभावमा घर बनाउन ढिलो भइरहेको बताए । ‘पानी नै किनेर खानुपर्छ, घर कसरी बनाउँने’ उनले भने, ‘यहाँ त पानी हाहाकार छ, तीन वर्ष अघिसम्म मुलबाट पानी आउँथ्यो, भूकम्प आएपछि पानी आउँन छाड्यो ।’

हलेसी तुवाचुङ नगरपालिका प्रमुख इभन राईले १० वटा वडामा पानी समस्या रहेको बताए । ‘हाम्रो नगरपालिकाको ११ वडा मध्ये १० वटा वडामा सुनकोशी र दुधकोशी घुमेको छ, तर यहि पानी अभाव छ । खानेपानीको नै ठूलो अभाव छ । घर बनाउने पानी त नकिनी हुने अवस्था नै छैन्’, नगरप्रमुख राईले भने । हलेसी तुवाचुङ नगरपालिकाका ७ वटा वडा त सुख्खा क्षेत्र नै घोषणा भएका छन् । नगरप्रमुख राईले पानीको अभावकै हलेसीमा पुनर्निर्माणको काम सुस्त भएको बताए ।

प्र्राविधिकहरू पनि पानीको पुनर्निर्माणमा ढिलाइ हुनुको कारण पानी अभाव पनि भएको बताउँछन् । खानेपानी त हुँदैन, कहाँबाट घर बनाउने ? भन्दै कतिपय त गाउँ नै छाडेरसमेत हिँडेको भूकम्पपुनर्निर्माण प्राधिकरणबाट हलेसी तुवाचुङ नगरपालिकामा खटिएका इन्जिनियर सुनिलकुमार यादव बताउँछन् ।

सरकारले निजी आवास २०७५ असार मसान्तभित्र निर्माण सक्ने बताएको छ । सरकारले तीन किस्तामा गरेर पीडितलाई ३ लाख रुपैयाँ उपलब्ध गराइरहेको छ । पानी, ढुङ्गा लगायतका निर्माण सामाग्रीको अभावमा उनीहरु तोकिएको समय घर बनाउन मुस्किल छ ।

ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा ४१ हजार ५५३ घर पूर्णरुप क्षति भएका छन् । ओखलढुंगामा सबैभन्दा बढी २१ हजार १२२ घर पूर्णरुपमा क्षति भएका छन् भने खोटाङमा ८ हजार ४४३ र सोलुखुम्बुमा ११ हजार ९८८ घर क्षति भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.