करेन्ट लागेर घाइते
बिर्तामोड : झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना घाइते भएका छन्। घाइते हुनेमा बिर्तामोड नगरपालिका-५ अग्रसेन भवन अगाडी राजी अग्रवालको निर्माणाधिन घरमा लेवर काम गर्दै गरेका भारत माल्दा जिल्ला बस्ने ३५ वर्षीय अजिम शेख रहेको प्रहरीले बताएको छ।
शेखलाई आइतबार दिउँसो करिब चार बजेतिर काम गर्ने क्रममा तारमा छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शेखको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।