पाल्पा दुर्घटनामा वेपत्ता भएका दुईजनाको शव भेटियो
पाल्पा : पाल्पाको रिब्दीकोट गाउँपालिका-६ ठिमुरे जीप दुर्घटनामा वेपत्ता भएका दुईजनाको शव भेटिएको छ। तानसेन नगरपालिका-१० गणशालका २५ वर्षीय विवेक पौडेल र डोल्पा ३६ वर्षीय टंक चलाउनेको शव जीपले च्यापिएको अवस्थामा आइतबार बिहान भेटिएको प्रहरीले जनाएको छ।
बा १ च ८९७० नम्बरको हाइलक्स जीप शनिबार बेलुकी ६ बजे दुर्घटना भएको थियो। आज बिहानैदेखि उद्धारमा खटिएको नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी र आफन्तको सहयोगमा दुवैजनाको शव च्यापिएको अवस्थामा फेला पारेको हो।
दुवै जनाको शव सदरमुकाम तानसेन ल्याई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।सदरमुकाम तानसेनबाट ठिमुरेमा फर्किने क्रममा जीप दुर्घटना भएको थियो।