नक्कली नोटसहित दुई भारतीय पक्राउ

नक्कली नोटसहित दुई भारतीय पक्राउ

बिर्तामोड : नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई झापा पहरीले पक्राउ गरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ४० वर्षीय सतिश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सतिशको साथबाट ३३ हजार र हितेशको साथबाट १७ हजार नेपाली नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्र कुमार बस्नेतले बताए । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बस्नेतको भनाई छ ।

यसैबीच प्रहरीले बिर्तामोड नगरपालिका– ५ स्थित बिनोद भट्टराईको डेराको कोठा अगाडी आगनमा पार्किङ गरी राखेको मे. ९ प ९०४६ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ७ का २५ वर्षीय बिबेश चौधरी र २ का साजन भन्ने यसराज राजबंशी रहेका छन् । उनीहरुलाई मोटरसाइकल कुदाउँदै गरेको अबस्थामा बिर्तामोड क्षेत्रबाटनै पक्राउ गरेको प्रहरीले बताएको छ । 

यस्तै झापाको गौरादह नगरपालिका– १ स्थित पदम फुयाँलको घरबाट मंगलबार ८० हजार मुल्य बराबरको अवैध सुर्ती बरामद भएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले फुयाँलको घर पछाडी रहेको कुखुराको खोरबाट लुकाई राखेको अवस्थामा १७ बोरा सुर्ती बरामद गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरादहबाट थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.