दोस्रो लक्ष्मीमार्ग गोल्डकप भदौ तेस्रो सातादेखि

दोस्रो लक्ष्मीमार्ग गोल्डकप भदौ तेस्रो सातादेखि

बेलबारी  : मोरङको बेलबारी नगरपालिका- ११ मा अन्तर्राष्ट्रिय आमन्त्रित दोस्रो बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिता भदौ तेस्रो सातादेखि आयोजना गरिने भएको छ। खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित खेलमैदानमा भदौ २३ देखि ३० गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यस प्रतियोगितासँगै मोरङमा २०७५ सालको गोल्डकपको सुरुवात हुने छ। फुटबलको विकास र राष्ट्रका गहनाका रुपमा चिनिने खेलाडी उत्पादनका लागि स्थानीय स्तरमै सहयोग जुटाएर दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागिएको डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताए। 

प्रतियोगितामा विभिन्न क्लबमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीले सहभागिता जनाउने जानकारी उनले दिए। नेपालकै 'ए ' डिभिजनका खेलाडीले पनि विभिन्न टिमबाट सहभागिता जनाउने छन्। राईका अनुसार प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब मोरङ, उर्लाबारीस्थित मोरङ फुटबल एकेडेमी मंगलबारे, युनाईटेड खर्साङ भारत, इलाम ११, विर्तामोड युनाईटेड क्लब झापा, धनकुटा र उदयपुर ११ तथा चर्च ब्वाईज काठमाडौं गरेर आठवटा टिमले सहभागिता जनाउने छन्। 

प्रतियोगिता आयोजना गर्न बुद्ध एअरले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। त्यस बाहेक विभिन्न संघ संस्था, लक्ष्मीमार्गका स्थानीय तथा विदेशमा बसोबास गर्दै आएकाहरुले सहयोग गर्ने अध्यक्ष राईको भनाइ छ। उनका अनुसार यस वर्ष पुरकार राशि पनि बढाएर दोब्बर बनाइएको छ।

 प्रथम हुने टिमलाई दुई लाख २२ हजार र द्धितिय हुने टिमलाई एक लाख दुई हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। गत वर्ष प्रथम हुने टिमले एक लाख ११ हजार र द्धितिय हुनेले ५१ हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए। 

प्रतियोगिता संचालनका लागि दर्शकको सुरक्षा र उपस्थितीलाई मध्यनजर गर्दै अस्थायी प्यारापिट निर्माणको काम पनि सुरु गरिसकिएको क्लबका उपाध्यक्ष ज्ञानुराज राईले बताए। उनका अनुसार यस पटक प्रतियोगिताको टिकट दर पनि बढाइएको छ।

पश्चिमतर्फबाट हेर्ने दर्शकले एक सय र पूर्वतिरबाट खेलको अवलोकन गर्ने दर्शकले ५० रुपैयाँ तिर्नु पर्ने छ। अघिल्लो वर्ष टिकटकर ५० र ३० रुपैयाँ मात्रै थियो।प्रतियोगितामा म्याद अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईको भनाइ छ। त्यस्तै उदियमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था छ। 

यस वर्षको प्रतियोगिता संचालनका लागि २८ लाख ४५ हजार रुपैयाँ आम्दानी र २५ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। गत वर्ष  प्रतियोगिताबाट दुई लाख ७३ हजार रुपैयाँ नाफा भएको थियो। प्रतियोगिताबाट भएको नाफाले क्लब संचालनका लागि एउटा भवन बनाइएको छ। यस वर्षको प्रतियोगिताबाट प्राप्त मुनाफा खेलाडी एवं खेलकुद क्षेत्रको विकास तथा विभिन्न कारणबाट पीडित बनेका बालबालिकाको शिक्षा दीक्षामा खर्च गरिने आयोजनाको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.