वडा सचिव घुस लिँदालिँदै पक्राउ

वडा सचिव घुस लिँदालिँदै पक्राउ

इटहरी : इटहरी उपमहानगरपालिका-१० का सचिव विदुर रेग्मी घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार उनलाई घुससहित पक्राउ गरेको हो।

व्यवसाय संचालन गर्न सिफारिस दिए बापत उनले १३ हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीको दाबी छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार उनले होटल सञ्चालन गर्ने एक सेवाग्राहीलाई घरेलुबाट व्यावसाय प्रमाणपत्र दर्ता चाहिने सिफारिस ल्याइदिने भन्दै पैसा लिएका हुन्। 

उनले व्यवसायीलाई घरेलुको काम पनि मिलाइदिने भन्दै पैसा लिएको सेवाग्राहीको गुनासो अख्तियारमा आएपछि विशेष टोली पक्राउ गर्न पुगेको हो।

प्रहरीले वडा सचिवलाई इटहरी ६ स्थित रोजरक मम पसलबाट पक्राउ गरेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.