रानीपोखरीमा फेरि किचलो, सेनालार्इ जिम्मा दिने हल्ला मात्रै

रानीपोखरीमा फेरि किचलो, सेनालार्इ जिम्मा दिने हल्ला मात्रै

काठमाडौं : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणमा फेरि विवाद सुरु भएको छ। विज्ञ समितिले दिएको प्रतिवेदनविपरीत पुरातत्व विभागले राणाकालीन गुम्बज शैलीमा मन्दिर निर्माण थालेपछि विवाद भएको हो। १५ दिन अघिदेखि बालगोपालेश्वर मन्दिर निर्माण सुरु भएको थियो।

विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको विज्ञ समितिले मल्लकालीन शिखर शैली (ग्रन्थकुट)मा रानीपोखरी निर्माण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिएको थियो।

समितिले रानीपोखरी ‘प्रताप मल्लकालीन शैली’ र २ सय ५० वर्षअघिको बालगोपालेश्वर मन्दिर ‘ग्रन्थकुट’ शैलीमा पुनर्निर्माण गर्न सुझावसहितको प्रतिवेदन २०७४ माघ ७ गते मा बुझाएको थियो। प्रतिवेदनमा पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषोत्तम डंगोल, डिभिजन इन्जिनियर सम्पत्ति घिमिरे र विभागकै प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ‘मन्दिर पुनर्निर्माण ‘ग्रन्थकुट’ मा गर्न नसकिने भन्दै हस्ताक्षर गरेका प्रतिवेदनमा हस्ताक्षर गरेका थिएनन्। हस्ताक्षर नगरेको बहाना बनाउँदै विभागले जुद्धशमशेरले जीर्णाेद्धार गरेअनुरूपकै ‘गुजम्ब’ शैलीमा निर्माण थालिएको छ।

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने विज्ञ समितिको प्रतिवेदनविपरीत मन्दिर बनाउन लागिएको बताएका छन्। काठमाडौं महानगरपालिका र पुरातत्व विभागले नै गठन गरेको विज्ञ सम्मिलित समितिको सुझावलाई लत्याउनु सम्पदामाथिको प्रहार भएको उनउको भनाइ छ।

तत्काल शिखर शैलीमा मन्दिर निर्माण गर्न उनको सुझाव छ। विभाग र महानगर त्यसबारेमा सचेतसमेत रहेको उनले बताए। ‘पुरातत्व विभागले फेरि इतिहास मेटाउने काम गरेको छ, विज्ञ समितिले दिएको प्रतिवेदन बेवास्ता गरेर गुम्बज शैलीमा नै बनाएको छ’, उनले भने।

विभागले १ करोड ४० लाख रुपैयाँ लागतमा बालगोपालेश्वर मन्दिर निर्माण गरिरहेको छ। विभागका महानिर्देशक भेषनारायण दाहाल उक्त विषयमा आफूलाई जानकारी नभएको भन्दै प्रतिक्रिया दिनबाट पन्छिएका छन्।

रानीपोखरी महानगरले बनाउने

लामो समयदेखि विवादित रहँदै आएको रानीपोखरीको निर्माण काठमाडौं महानगरपालिका आफैंले बनाउने भएको छ। रानीपोखरी निर्माण नेपाली सेनालाई दिने भनिएको हल्ला मात्र भएको महानगरपालिकाले जानकारी दिएको छ। रानीपोखरी निर्माणका लागि महानगर टेन्डरसमेत गरिसकेको महानगरपालिका सहप्रवक्ता नमराज ढकालले जानकारी दिए। ‘टेन्डर भइसक्यो, अब छिट्टै रानापोखरी निर्माण सुरु हुन्छ’, उनले भने।

लामो समयदेखि विवादका कारण रानीपोखरीको निर्माण पटकपटक रोकिँदै आएको छ। सम्पदाविद्को विरोधबीच बनिसकेको संरचनासमेत भत्काइएको छ। सम्पदाविद्हरूले रानीपोखरी निर्माण सेनालाई दिने विषयमा आएको कुराको चर्को विरोध जनाएका थिए। यसबारे चौतर्फी विरोध भएपछि महानगरले आफैं बनाउने भएको हो।

भूकम्पपछि रानीपोखरी र बालगोपालेश्वर दुवै महानगरले नै बनाउने भएको थियो। तर बालगोपालेश्वर मन्दिर निर्माणमा कंक्रिट, सिमेन्टको प्रयोग गरेको भन्दै विरोध भएपछि पुरातत्व विभागले बालगोपालेश्वरको निर्माण आफूमातहत लिएको थियो। पछि रानीपोखरीबीचको मन्दिर पुरातत्व विभागले बनाउने र पोखरी एवं वरिपरिको सौन्दर्य भने महानगरपालिकाले बनाउने सहमति भएको छ।

अहिले रानीपोखरीको अवस्था बिजोग छ। झारले ढाकेको पोखरी जीर्ण एवं कुरूप अवस्थामा छ। पुर्ननिर्माणका नाममा पानी सुकाइएको छ। पोखरीमा रहेका माछालाई अन्यत्र सारिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.