नयाँ सोच र अठोटको कांग्रेस

नयाँ सोच र अठोटको कांग्रेस

जेठो दल प्रजापरिषद्ले जनतालाई प्रजातान्त्रिक चेतना जगाउने काम ग¥यो। यसका राजनीतिक गतिविधिबाट आत्तिएर तत्कालिन राणाशासकले सन् १९९७ मा सहिद पर्व मच्चाए। समयानुकूल आफूलाई परिवर्तन गर्न र जनचाहनाअनुसार हिँड्न नसक्दा प्रजापरिषद् इतिहासको पानामा सीमित हुन पुग्यो। त्यसको प्रतिफल ००३ को राष्ट्रिय कांग्रेस र ००५ सालको प्रजातन्त्र कांग्रेस मिलेर ००६ सालमा बनेको नेपाली कांग्रेसले पनि स्थापनाका ७३ वर्षको पार गरिसकेको छ। आधुनिक नेपाल निर्माण, प्रजातन्त्र प्राप्ति र पुनप्र्राप्तिका लागि कांग्रेसले जुन नीति, मूल्यमान्यता र आदर्श स्थापना गरेको छ, त्यो अन्य दलले गर्न सकेका छैनन्। त्यसैले त कांग्रेस राष्ट्रिय राजनीतिको मूल धुरी एवं जनताको आशा र भरोसाको केन्द्र बनेको हो।

विचारमा बीपी कोइराला, धनमा सुवर्ण शमशेर, कूटनीति र आचरणमा सूर्यप्रसाद उपाध्याय, दृढनिश्चयी गणेशमान सिंह, निष्ठाको राजनीतिप्रति प्रतिवद्ध र सात्विक जीवनशैलीका धनी कृष्णप्रसाद भट्टराई र क्रान्तिकारी चरित्र र गतिशील व्यक्तित्वका धनी गिरिजाप्रसाद कोइरालाको संगम अहिलेसम्म नेपालमा देखा परेको छैन, सायद भविष्यमा पनि यो अपेक्षा गाह्रो छ।

अन्य राजनीतिक दर्शन एवं विचारधारा बोक्ने झापा आन्दोलनबाट चर्चामा आएका माक्र्सवादी, लेनिनवादी कम्युनिस्ट बन्दुकको नालबाट परिवर्तन गर्न सकिन्छ, ब्यालेटबाट होइन भन्ने हिंसावादी मात्र होइन जातीयता एवं क्षेत्रीयताको आधारमा राजनीति गर्ने मधेसवादी दल पनि यतिबेला कांग्रेसकै लोकतन्त्र र संसदीय शासन प्रणालीको मान्यतामा आएका छन्। अहिले नेकपाको नाममा भएको शासनसत्तामा हालिमुहाली कांग्रेसकै सिद्धान्तको उपज हो।

समग्रमा उनीहरू प्रजातान्त्रिक समाजवादको दार्शनिक छहारीभित्र उदाउने, अस्ताउने र शक्ति सामथ्र्य प्रदर्शन गरेर सन्तुष्टि वा असन्तुष्टि व्यक्त गर्ने कडीका रूपमा मात्र देखिन्छन्। वास्तवमा उनीहरू साम्यवादी समाजवादका अगुवाइ नै हुन्। प्रजातान्त्रिक समाजवादमा राजनीतिक स्वतन्त्रता एवं आर्थिक समानताका दुइटा पक्ष हुन्छन् भने साम्यवादी समाजवादले राजनीतिक स्वतन्त्रतालाई स्वीकार नगरी केवल आर्थिक समाजवादलाई मात्र स्वीकार गर्छ। उनीहरूको समाजवाद उत्पादनमुखी नभई वितरणमुखी मात्र हो। कम्युनिस्टहरू माक्र्सवादी लेनिनवादी नै भएकाले लोकतन्त्रवादी हुनै सक्दैनन्।

१०४ वर्षे क्रुर राणाशासन र ३० वर्षे निर्दलीय पञ्चायतविरुद्ध कांग्रेस निरन्तर लड्यो प्रजातन्त्र स्थापनाका लागि। कम्युनिस्ट झैं रुप परिवर्तन गरेर मुखमा लोकतन्त्रको रामराम बगलीमा अधिनायकवादी तथा सर्वसत्तावादी छुरा रोप्ने काम कहिल्यै गरेन। कांग्रेस जहिले पनि जनताको सर्वाेच्चता, स्वतन्त्र न्यायपालिका, विधिको शासन, कानुनी राज्य, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, शक्तिको पृथकीकरण, बहुलवाद र मानव अधिकारको पक्षमा दृढ र अटल छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद यसको मूल ध्येय हो भने प्रजातान्त्रिक समाजवादको माध्यमबाट आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरण गरी देशलाई समृद्ध बनाउनु यसको मूल लक्ष्य हो। यही उद्देश्यअनुरूप नै २०१५ सालमा दुईतिहाइ बहुमत सरकारको नेतृत्व गरेका बीपी कोइरालाको सरकारले जमिन कसको जोत्नेको, घर कसको पोत्नेको भनी नेपाली जनताको पक्षमा क्रान्तिकारी भूमिसुधारको शंख फुके।

०४६ सालपछि अन्तरिम सरकारको नेतृत्व गर्ने कृष्णप्रसाद भट्टराईले एक वर्षभित्र नयाँ लोकतान्त्रिक संविधान दिई शान्तिपूर्ण निर्वाचन सम्पन्न गरे। तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई विस्तृत शान्तिसम्झौतामार्फत हिंसा र आतंकको बाटो छोड्न लगाई शान्तिको मूलधारमा ल्याउने काम गिरिजाप्रसादले गरे। संविधानसभाले बनाएको नयाँ संविधान जारी गर्ने श्रेय सुशील कोइरालालाई जान्छ। त्यही संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको मार्ग प्रशस्त गर्ने काम वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले गरे। राष्ट्रहितमा यति धेरै भूमिका निर्वाह गरे पनि कांग्रेस यतिबेला प्रतिपक्षमा खुम्चिन विवश छ। सरकार सञ्चालनको चावी कम्युनिस्टको हातमा छ।

सरकारका शैली दमन, शोषण, नियन्त्रण, सर्वसत्तावाद र अधिनायकवादउन्मुख देखिन्छन्। जनता महँगी र करको मारमा छन्। शान्तिसुरक्षा एवं सुशासनको अनुभूति पटक्कै गर्न पाएका छैनन्।

दुईतिहाइको सरकारको ६ महिनाका गतिविधि र क्रियाकलाप हेर्दा आशा गर्ने कुनै ठाउँ छैन। जनताको चाहना र भावनाअनुसार काम गर्न पूर्ण असफल छ। सरकारका शैली दमन, शोषण, नियन्त्रण, सर्वसत्तावाद र अधिनायकवादउन्मुख देखिन्छन्। जनता महँगी र करको मारमा छन्। शान्तिसुरक्षा एवं सुशासनको अनुभूति पटक्कै गर्न पाएका छैनन्। जनता दिनप्रतिदिन गरिब हुँदै जाने शासनसत्तामा रहनेहरू मोटाउने पद्धतिको विकास भइरहेको छ। यो सरकारको ६ महिने गतिविधि हेर्दा संविधान कार्यान्वयनमाथि नै प्रहार भएको देखिन्छ।

संविधानमा सभामुख र उपसभामुख विपरीत पार्टीको हुने उल्लेख छ, तर त्यो व्यवहारमा देखिन सकेन। प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गर्न संसदीय सुनुवाइ समितिका आफ्ना माननीय सदस्यहरूलाई ह्विप जारी गर्न लगाउने काम सत्तासीन दलको नेतृत्वबाट भयो। यस्ता क्रियाकलापले संविधानको सर्वोच्चता, स्वतन्त्र र निष्पक्ष न्यायपालिकामाथि प्रश्न चिन्ह खडा भएको छ। लोकतन्त्रका आधारभूत मूल्यमान्यता र न्यायपालिकाको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ। सर्वाेच्च अदालतको सजाय काटिरहेका बालकृष्ण ढुंगेललाई आममाफी दिएर गणतन्त्र दिवसकै दिन कानुनी शासनको उपहास गर्ने काम भयो।

त्यसैले यो सरकार संविधानको मूल्यमान्यता एवं कार्यान्वयनमा उदासीन भएको पुष्टि हुन्छ। बलात्कार, हत्या, हिंसाका घटना दिनप्रतिदिन शृंखलाबद्ध ढंगले भइरहेका छन्। सरकार निदाइरहेको छ, शान्तिसुरक्षामा बहाली गर्न चुकेको छ। निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पूर्णरूपमा असमर्थ देखिएको छ। यसले दण्डहीनता मात्र बढाएको छैन जनताको बाँच्न पाउने अधिकारको समेत हरण गरेको छ। सरकार भ्रष्टाचारको दलदलमा फसेको छ। जनताले सुशासनको प्रत्यभूति गर्न पाएका छैनन्। विकास त धेरै परको कुरा भइहाल्यो।

अब नागरिकमा यी सबै विषयको प्रत्याभूति कसले र कसरी गराउने त। कांग्रेस प्रतिपक्षमा छ। कांग्रेसले जनताप्रति उत्तरदायी बन्न सरकारलाई सचेत गराइरहेको छ। निर्वाचनमा भोगेको प्राविधिक पराजयलाई पार्टी निर्माणको अभियानमा रुपान्तरण गर्नुपर्ने दायित्व छ अब कांग्रेसका लागि। पार्टीभित्रका कमीकमजोरी सच्याई आत्मालोचना र विवेचना गरी एकढिक्का भई संगठनलाई मजबुत बनाउँदै गुट–उपगुटलाई तिलान्जली दिनुपर्छ। लोकतन्त्रको नक्कली मुकुन्डो लगाउने, दमन, शोषण र हत्या गर्नेहरू, गरिबीको नाममा गरिबी बढाउने र सर्वहारा वर्गको नेतृत्व गर्छु भन्नेहरू दिनप्रतिदिन धनी बन्दै गएको अवस्था छ। कांग्रेसले विगतको गौरवान्वित र ऐतिहासिक छविलाई उजिल्याउन पनि पार्टीको आन्तरिक जीवनलाई मलिलो बनाउनुपर्छ।

जनतालाई केन्द्रविन्दुमा राखेर आर्थिक क्रान्तिको बाटोबाट देशलाई समृद्धिको मार्गमा अगाडि बढाउने काम कांग्रेसबाट मात्र हुन सक्छ। त्यसैले पार्टीलाई विधिसम्मत, विचार, नीति र कार्यक्रमको संगम बनाउँदै पुनर्जागरण र सुदृढीकरणको अभियानसहित गाउँगाउँ जानुपर्छ।

प्रजातन्त्रका मूल आधार स्तम्भ जनता नै हुन्। तर अहिले जनताको रूपमा नभएर जातजाति, लिंग, वर्ण, पेसा, व्यवसायका रूपमा आपसमा विभाजित हुनु दुखद् हो। यो विभाजनलाई राजनीतिक दर्शन र जनताप्रति विकासको प्रतिवद्धताले मात्र जोड्न सक्छ। त्यसका लागि फुटेर होइन जुटेर हामी अघि बढ्नुपर्छ। लोकतान्त्रिक विचारधारा र मूल्यपद्धतिबाट मात्र मुलुकमा सुशासन र विकास सम्भव छ। इतिहासमा म र मेरो भन्नेहरू हराएर गएका छन्, हामी र हाम्रो भन्नेहरूले नयाँ इतिहास बनाएका छन्। त्यसैले जनताले दिएको गहनतम जिम्मेवारी एवं नयाँ इतिहास बनाउन नयाँ सोच, विचार र नयाँ अठोटका साथ कांग्रेस फेरि अग्रपंक्तिमा उभिन जरुरी छ।


—संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.