बिजुली आएकै दिन अन्धकार

बिजुली आएकै दिन अन्धकार

दुनै,डोल्पा : लामो समयदेखि उज्यालोमा बस्ने सपना बोकेका डोल्पा जगदुल्ला गाउँपालिकाबासीले  बिजुली आएकै दिन अन्धकारमा बस्नु परेको छ। जगदुल्ला गाउँपालिका-४ को कुच्चे खोला लघुजलविद्युत आयोजनाबाट उत्पादित ५५ किलोवाट विद्युत जनताले बाल्न नपाउँदै पहिरोले विद्युतगृहमा क्षति पुर्‍याएपछि अन्धकार भएको हो। 

सुख्खा र समथल क्षेत्रमा बनाएको कुच्चेखोला लघुजलविद्युतको विद्युत गृह, नगर र पाइप सबै पहिरोले क्षतविछेद पारिदिएपछि स्थानीयको उज्यालो सपना अन्धकारमा परिणत भएको विद्युत निर्माण उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर शाहीले जानकारी दिए।
 

कुल २ करोड ६८ लाख लागतमा निर्माण सम्मपन्न भएको लघुजलविद्युत भारी वर्षाका कारण आएको पहिरोले बगाएपछि करोडौको क्षति भएको उपभोक्ता समितिको भनाइ छ। 'हाम्रो सपना स्थानीय सरकारले पूरा गरेको थियो, उज्यालोको महसुस गर्न नपाउँदै पहिरोले खुसी खोस्यो', स्थानीय रामबहादुर भक्रीले दुखेसो सुनाए। 

' करिब ५० मिटरभन्दा धेरै जमिन पहिरोले भाँसिएको छ, जमिन बीचबीचमा फाटेको छ, पाइप भाचिएर कच्याककुचुक्‍क भएका छन् भने नगर पुरै भाँसिएर निर्माण गर्न नसकिने अवस्थामा पुगेको  स्थानीय चेतकुमार रोकायाले जानकारी दिए। 

'पहिरोले करिब ५ सय घरधुरीको सपना चकनाचुर बनायो', जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले दुख व्यक्त गरे। उनले भने, 'हामीसँग बजेट छैन, जनताको सपना टुट्यो, अब प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेरै भएपनि गाउँमा बिजुली ल्याउनुपर्छ।'
 
वर्षाले जुम्लाको सिमाना मौरे लेखदेखि जगदुल्ला गाउँपालिकाको सबै क्षेत्रका सड्क र बाटा अवरुद्ध छन्। राजबहादुर थापाले भने, 'कर्णाली राजमार्गसँग जोडिएको हाम्रो गाउँपालिकाको यातायात सेवा  पहिरोले अवरुद्ध छ।' 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.