आन्दोलन परिचालन तयारीका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

आन्दोलन परिचालन तयारीका लागि एकीकृत समाजवादीले बनायो कार्यदल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ। पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको हो। 

कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहेका छन्। कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्ययोजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए।

त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसाललको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उनले बताए। बैठकले पार्टीलाई एकताबद्ध भएर अघि बढाउने निर्णय गर्दै केन्द्रीय कमिटीका निर्णयहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.