पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

दैलेख : पूर्वाधार विकास नहुँदा दैलेखका पर्यटन क्षेत्र ओझेलमा परेका छन् । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना नबन्नु र आवश्यक पूर्वाधार विकास हुन नसक्नुका कारण पर्यटन क्षेत्र ओझेलमा परेका हुन् । स्थानीय तहका सबैजसो बजेट अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको र आन्तरिक स्रोतका रूपमा रहेका यहाँका पर्यटकीय गन्तव्यस्थलसम्म पुग्न पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षासमेत अभाव छ । पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवा बताउँछन् ।

जिल्लाको परिचयका रूपमा रहेको पञ्चकोसी क्षेत्रको प्रचारप्रसार र विकासप्रति स्थानीय सरकारले गुरुयोजना नै निर्माण गरी लाग्नुपर्ने स्थानीयले सुझाव दिँदै आएका छन् । पञ्चकोसी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको केन्द्रविन्दु भए पनि पर्यटकमैत्री पूर्वाधार अभावले सोचेजति पर्यटकको आगमन हुन नसकेको पूर्वजिविस उपसभापति खड्गबहादुर सिजापति बताउँछन् । मुलुकको एक मात्र अनवरत रूपमा ज्वाला बलिरहेको पञ्चकोसी क्षेत्रको विकासमा राज्यको नजरमा पर्न नसकेको उनको गुनासो छ । उनका अनुसार प्रचुर पर्यटकीय सम्भावना भए पनि पञ्चकोसी क्षेत्रमा पूर्वाधार नभएकै कारण पछि परेको हो ।

पञ्चकोसी क्षेत्रसँगै जिल्लामा अन्य दर्जनौँ पर्यटकीय गन्तव्य प्राकृतिक, सांस्कृतिक र जैविक विविधता भएको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिए पनि पूर्वाधार र प्रचारप्रसार अभावले पर्यटक भिœयाउन नसकेको नारायण क्याम्पसका उपप्राध्यापक सुरेन्द्र अधिकारीको भनाइ छ । उनका अनुसार दैलेखको नौमुले गाउँपालिकाको द्वारीमा रहेको द्वारी झरना, चमेरेगुफा, नौमुल, गिद्ध नुहाउने ठाउँ, ठाँटिकाँध गाउँपालिकाको मदानतनल, धौलापडा, मालिका मन्दिर, नाँकेगुफा, भीमका पाइला, डुंगेश्वर गाउँपालिकाको कुइयाँताल, दुल्लु नगरपालिकाको कृतिखम्ब, दुल्लु दरबार, पाथरनाउली, सात खम्ब, पौवा दरबार, धुलेश्वर, पादुका, तल्लोडुँडेश्वर र नारायण नगरपालिकाको कोतबढी, पाँचभाइ पाण्डवद्वारा निर्मित पञ्चदेवल, वेलासपुरलगायत सम्पदा यस क्षेत्रका महŒवपूर्ण पर्यटन गन्तव्य हुन् ।

दैलेख सदरमुकामबाहिरका धेरैजसो पर्यटकीय गन्तव्यमा त अहिलेसम्म सडक पुग्न सकेको छैन । जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन समिति पनि गठन नभएका होइनन् तर कुनै पनि समितिले पर्यटन क्षेत्रमा काम गरेको पाइँदैन । पर्यटकलाई आकर्षित गर्न पञ्चकोसी–कोटिला ताल निर्माणका लागि डीपीआरको काम भइरहेको नारायण नगरपालिका दैलेखका मेयर रत्नबहादुर खड्का बताउँछन् । उनी भन्छन्, ‘नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदा प्रचार प्रसारका लागि वृत्तचित्र निर्माण गर्ने योजना बनाएका छौं ।’ नगरप्रमुख मेयर खड्काले नगरपालिकाभित्र पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययनका लागि विज्ञसँग परामर्श लिइरहेको र सहयोगी संस्थाको खोजी गरी नगरपालिका साझेदारी गर्न तयार रहेको जानकारी दिए ।

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.