एक अर्ब लगानीमा चाउचाउ उद्योग

एक अर्ब लगानीमा चाउचाउ उद्योग

बिर्तामोड : मनसा थाई फुड्स प्रालिले झापामा ‘मगमग’ चाउचाउ उद्योग सञ्चालनमा ल्याएको छ । मेचीनगर १४ स्थित दुवागढीमा एक अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक प्रविधि र अत्याधुनिक मेसिनको प्रयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको हो ।

बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो उत्पादनको मगमग चाउचाउ सार्वजनिक गरेको छ । मनसाले क्षमताको हिसाबले यो उद्योगमा प्रयोग गरिएको नुडल्स प्लान्ट नेपालकै सबैभन्दा ठूलो प्लान्ट रहेको प्रालिका म्यानेजर रमेश प्याकुरेले जानकारी दिए । यो मेसिनले दैनिक सात लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन गर्ने उनको भनाइ छ ।

उद्योग हाल आंशिक रूपमा सञ्चालनमा रहेको र पूर्णरूपमा सञ्चालनमा आए यस उद्योगमा दैनिक दुई सय ५० देखि तीन सय जना कामदारले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । यो कम्पनीले उत्पादन गरेको चाउचाउ नेपालका सातवटै प्रदेशसहित छिमेकी राष्ट्र भारतमा समेत पुर्याउने लक्ष्य रहेको बताइएको छ ।

भविष्यमा अमेरिका र अस्ट्रेलियामा समेत आफ्ना उत्पादन पुर्याउने लक्ष्यका साथ गुणस्तरीयता र मानव स्वास्थ्यलाई ख्यालमा राखी उत्पादनन सुरु गरेको म्यानेजर प्याकुरेलको भनाइ छ । यो उद्योगले मगमग चाउचाउसहित प्यारी, रेलिमाई र गट्टुबट्टुलगायत स्न्याक्स र चीजबल, चिजरिङ, कुटुकुट लगायतका खाद्य वस्तु उत्पादन गर्नेछ । कम्पनीका सबै उत्पादन मंगलबारदेखि बजारमा आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.