सवारी चालकलाई जुत्ताको माला लगाउँदा झडप, ७ जना पक्राउ

सवारी चालकलाई जुत्ताको माला लगाउँदा झडप, ७ जना पक्राउ

बिर्तामोड : सरकारले जारी गरेको मुलुकी संहितामा सवारी चालक विरुद्ध ऐन रहेको भन्दै ३ दिनदेखि देशका विभिन्न सहरमा त्यसको विरोध भइरहेको छ। चालक तथा मजदुरहरुले सवारी साधन नै ठप्प पार्दा यात्रु अलपत्र परेका छन्।


झापाको बिर्तामोडमा भने प्रदर्शनकारी चालक–मजदुर र सवारी चलाउनेहरुबीच झठडप भयो। बन्द आह्वान गर्दै सडकमा उत्रिएका सवारी चालक तथा मजदुरहरुले सवारी चालकहरुलाई जुत्ताको माला लगाइदिएपछि झडप भएको हो।


बिहीबार बिहान पुर्वपश्चिम राजमार्गस्थित बिर्तामोडको मुक्तिचोक क्षेत्रमा प्रदर्शनकारी यातायात मजदुरले सवारी रोक्दै जुत्ताको माला लगाउन खोजेपछि प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।


इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डिएसपी) कृष्ण कोइरालाले सवारी चलाउने र नचलाउने बीच झडप हुन थालेपछि नियन्त्रणमा लिएको बताए। चालक र मजदुर मुलुकी संहिता अध्ययन नगरी हल्लाकै भरमा आन्दोलनमा उत्रिएको भन्दै डिएसपी कोइरालाले सवारी ऐनबारे उनीहरुलाई जानकारी दिएको समेत बताए।


आन्दोलनमा उत्रिएका सवारी चालकहरुले भने कसैले बन्द आह्वान नगरेको तर आफूहरु स्वतः आन्दोलनमा आएको बताउँदैआएका छन्। दाङ, धनगढी लगायत पश्चिमका ठूला सहरमा पनि सवारी चालकहरु मुलुकी ऐनको विरोधमा उत्रिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.