प्रदेश एक : विकेन्द्रित गरिँदै राजधानी, कार्यालय विराटनगरदेखि धनकुटासम्म

प्रदेश एक : विकेन्द्रित गरिँदै राजधानी, कार्यालय विराटनगरदेखि धनकुटासम्म

विराटनगर : प्रदेश १ सरकारले असोज महिनाभित्रै नाम र राजधानीको टुंगो लगाउन औपचारिक गृहकार्य थालेको छ । सरकारले सदनको बर्खे अधिवेशनमै यो विषयमा निश्कर्षमा पुग्ने तयारी गरेको छ । सदन असोज अन्तिमसम्म चल्नेछ ।

प्रदेश १ मा नेकपाको दुई तिहाई बहुमतसहितको सरकार छ । सत्तापक्षीय दलले औपचारिक रुपमा नाम र राजधानीको विषयमा सोमबारबाट छलफल आरम्भ गर्दैछ । संसदीय दलको बैठकले सर्वसम्मत रुपमा राजधानीको टुंगो लगाएपछि त्यसको प्रस्ताव अनुमोदनको लागि संसदमा लैजाने छ ।

नाममा पनि लफडा 

नामको विषयमा मुख्यमन्त्री तथा मन्त्रीहरुबीच नै एकमत छैन । यद्यपि मुख्यमन्त्री शेरधन राईसँग अलगअलग रुपमा यस विषयमा छलफललाई निरन्तरता दिएका छन् । मुख्यमन्त्री शेरधन राईसँग आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विमति राखेका छन् । 

तर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो भने मुख्यमन्त्रीको विचारसँग नजिक छन् । राई र आङ्बो नामको अगाडि वा पछाडि किरात राख्ने पक्षमा छन् । कार्कीले भने नाम सगरमाथा वा कोसी हुनुपर्ने अडान लिएका छन् । 

संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राईले औपचारिक रुपमा दलको बैठकमा सोमबार नाम र राजधानीको प्रस्ताव लाँदैछन् । राजधानी विराटनगरमा मात्र सीमित नगरेर ग्रेटर विराटनगर घोषणा गरी प्रदेशसभा इटहरी, प्रदेश प्रमुख कार्यालय धनकुटा र मन्त्रालयसमेत अन्यत्र राख्ने मुख्यमन्त्री राईले तयारी गरेका छन् । तर, यसो गर्नुभन्दा एकैठाउँ राख्न मन्त्री कार्की र आङ्बोको जोड छ । 

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलको बैठक दुई दिनका लागि डाकिएको बताउँदै भने, ‘सरकारको हालसम्मको काम कारबाही, सदनमा पार्टीका तर्फबाट खेलेका भूमिकाका साथै राजधानी र नामबारेमा छलफल गर्दैछौ ।’ संसदीय दलको बैठक बस्ने भएपनि चालू प्रदेशसभाको बैठक दुई दिनका लागि स्थगन गरिएको छ ।

प्रदेश स्थायी राजधानीको विषयमा उधोग संगठन मोरङ्ग र व्यापार संघले आयोजना गरेको छलफल । छलफलमा प्रतिनिधि सभाका सांसद र प्रदेश सभा सदस्य पनि सहभागी थिए । तस्बिर : कुमार लुइँटेल

विराटनगरबाट प्रदेशसभा र मन्त्रालयहरुसमेत अन्यत्र सारेर विकेन्द्रीत गर्न खोजेको विषयको प्रमुख विपक्षी कांग्रेसले विरोध जनाएको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आइतबारको प्रदेशसभा बैठकमा राजधानी अन्यत्र सार्ने विषयको आलोचना गरे । 

राजधानी र नाममा एकलौटी निर्णय भए मान्य नहुने बताउँदै भने, ‘दुईतिहाइकै दम्भ हो भने चौध जिल्लामा चौधवटै मन्त्रालय राखौं । संघका मन्त्रालय पनि हरेक प्रदेशैपिच्छे राखौं ।’ 

कार्कीले जनतलाई छारो हाल्ने र झुक्याउने काम नगर्न उनको आग्रह थियो । पूर्वराजा ज्ञानेन्द्रले पारसलाई दशैंको मुखमा युवराज घोषणा गरे जस्तै प्रदेशको राजधानी पनि त्यसरी नै घोषणा गर्ने दुस्साहस नगर्न चेतावनी दिए । 

कांग्रेसकै सूयर्माराज राई स्थायी राजधानीको आतंक दुईतिहाइको दम्भमा सिर्जना गरिए स्वीकार्य नहुने बताउँदै कसरी बनाउने भन्ने छलफल हुनुपर्ने बताउँदै भने, ‘जनतालाई झुक्याउने गरी नाटक र तमासा देखाए काँग्रेसले सशक्त प्रतिकार गर्नेछ ।’ 

राजधानी जिल्ला जिल्लामा बाँड्ने आश्वासन दिइएको बाहिर चर्चामा आउनु संघीयताको मर्म विपरीत भएको राईको भनाइ थियो । भोटका लागि राजधानी बाँड्ने कुराका कांग्रेसले डटेर सामना गर्ने उनले बताए ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले पनि राजधानी अन्यत्र सार्ने विषय उचित नभएको जनाएका छन् । ती संगठनले राजधानीको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.