कर्मचारीबाटै कुटिए वडाध्यक्ष, मेयरको कार्यालयमा उजुरी
वीरगन्ज : वीरगन्ज महानगरपालिका–८ का वडाध्यक्ष राजकिशोर गुप्तालाई आफ्नै कार्यालयका कर्मचारी मेघराज श्रेष्ठले हातपात गरेका छन् । सहायक सचिव मेघराज निर्धारित समयभन्दा ढीलो कार्यालय आएपछि विवादबीच मेघराजले अध्यक्षलाई हातपात गरेका हुन् ।
आइतबार बिहान साढे ११ बजे आएका साहयक सचिव श्रेष्ठलाई वडा अध्यक्ष गुप्ताले ढीलो किन आएको भनेर हप्काए । विवाद केहीबेर विवाद भएपछि श्रेष्ठले गुप्तालाई धक्का दिदै हातपात गरेका हुन् ।
बिहान १० बजे नै कार्यालयमा पुग्नुपर्ने कर्मचारी श्रेष्ठ, ढीलो गरी साढे ११ बजे पछि उनीहरुबीच केहीबेर भनाभन भयो । श्रेष्ठ सधैँजसो कार्यालयमा ढीलो आउने गरेको र आइतबार पनि ढीलो आएपछि अध्यक्ष रिसाएको प्रतत्यक्षदर्शी सेवाग्राही बताउँछन् । अध्यक्ष गुप्ताले श्रेष्ठले औंला देखाउँदै धक्का दिएपछि प्रतिकार गरेको बताउँछन् ।
सहायक सचिव श्रेष्ठले भने आफूले गल्ती गर्दा पनि वडाध्यक्षले जङ्गिएर अपशब्द प्रयोग गर्दै बाहरिबाट ढोका बन्द गरेर कार्यकक्षभित्र थुन्न खोजेपछि प्रतिकारमा धक्का दिँदै बाहिर निस्किएको बताएका छन् । हात हालहालको घटनापछि दुवैजना आइतबार दिउसो वीरगन्ज महानगरपालिकाको कार्यालयमा पुगेर मेयर विजय सरावगीलाई भेटेर गुनासो सुनाएका थिए ।