खुला पौडीमा शिरीष च्याम्पियन
पोखरा : पोखराको फेवातालमा शुक्रबार सम्पन्न आठौं खुला पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका शिरीष गुरुङ च्याम्पियन भएका छन्। गुरुङ निर्धारित दूरी २१ मिनेट ३२.६७ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।
उनले तेस्रोपटक उपाधि चुमेका हुन्। यसअघि सन् २०१६ र त्यसभन्दा अघि पनि उनले उपाधि जितेका थिए। पाँच विदेशीसहित ४० जना सहभागी प्रतियोगिताको खुलातर्फ वेदज्ञराज जोशी दोस्रो र दिपंक अवाले तेस्रो भए।
उनीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसैगरी महिलातर्फ प्रतिस्पर्धामा प्रिमियर इन्टरनेसनलकी उपस्थी महर्जन पहिलो भइन्। उनले निर्धारित दूरी २२ मिनेट ३३.३५ सेकेन्डमा पूरा गरिन्। समिराशोभा थापा दोस्रो र शेवी महर्जन तेस्रो भए। महिलातर्फका विजेताले १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे।
पोखराका पौडीबाजबीचको प्रतिस्पर्धामा धनमान गुरुङ पहिलो, अर्जुन नेपाली दोस्रो र ठाकुर चौधरी तेस्रो भए। विजेतालाई गण्डकी प्रदेशका सांसद राजीव पहारी लगायतले पुरस्कार प्रदान गरे।