गुनासो बढेपछि नगरपालिका नै सारियो, स्थानीय आन्दोलित

गुनासो बढेपछि नगरपालिका नै सारियो, स्थानीय आन्दोलित

बर्दिबास : औरही नगरपालिकाले आफ्नो कार्यालय सारेपछि स्थानीय सेवाग्राही आन्दोलित बनेका छन् ।

राजपाका स्थानीय नेता दरेश यादवको संयोजकत्वमा दुई साता अघिदेखि आन्दोलन हुँदै आएको थियो । आन्दोलनकै बीच गुनासो सम्बोधन नगरेर नगरपालिका कार्यालय नै सरेपछि उनीहरु झनै आन्दोलित बनेका हुन् ।

विभिन्न १५ बुँदे मागसहित उनीहरुले ज्ञापनपत्र, खवरदारी सभा, तालाबन्दी र सडक जामसमेत गरेका थिए । नगर कार्यालयको मूल गेटमै धर्ना समेत बसे । कार्यपालिकाले भने नगरपालिका कार्यालय ठाउँ नै सारेर सोनामाई गाउँमा पुर्याएको छ । यद्यपि स्थानीयको आन्दोलन रोकिएको छैन ।

आन्दोलनका संयोजक यादवका अनुसार, आन्दोलनकारीले उठाएका मागमा आव ०७५र७६ को बजेट सार्वजनिक गर्नुपर्ने, नगर परिषदको निर्णय सार्वजनिक गर्नुपर्ने, दोहोरो कर खारेज, सेवा दस्तुर मिनाहा, योजना छनौटमा जन सहभागिता, न्यायिक समितिको पूर्ण कार्यान्वयन लगायत छन् ।

नगरप्रमुख सुनिल यादवले भने विरोधका लागि विरोध गर्न मात्र माग उठाएको आरोप लगाएका छन् । यादवले भने, ‘उचित माग भए पो पूरा गर्ने ! दसैंको मुखमा तालाबन्दी गरेर विवाद खडा गरेपछि नगरपालिकाको नाम र नगर कार्यालय नै फेर्ने निर्णयमा पुगेका हौँ ।’ दरेश लगायत असन्तुष्ट समूहले भने आन्दोलन झनै चर्काउने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.