३३ थान सिसौको गोलियासहित एक पक्राउ
दमक : झापाको दमक नगरपालिका वड नम्बर २ बाट गोलिया काठ बरामद भएको छ। गोलिया काठका साथ एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त २५५२ नम्बरको ट्याक्टरमा लोड गरिएको अवस्थामा ३३ थान सिसौको गोलिया काठ बरामद गरेको हो। काठ सहित ट्याक्टरका चालक ईलाम चुलाचुली गाउँपालिका २ बस्ने २० वर्षका धिराज धिमाललाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय दमकमा राखिएको छ।
ईलामको चुलाचुली क्षेत्रबाट अवैध रुपमा काठ तस्करी हुने गरेको छ। यसअघि पनि सो क्षेत्र बाट गोलिया काठ बरामद हुँदै आएको छ।
रातको समयमा तस्करहरूले काठ ओसारपसार गर्ने गरेको स्थानीयवासीको भनाई छ।
प्रतिक्रिया दिनुहोस !
४