सिन्धुलीमा भाेली सार्वजनिक बिदा
सिन्धुली : दुधौली नगरपालिकाले लोपोन्मुख आदिवासी जनजाति दनुवार समुदायले बड्की एकादशीका रूपमा मनाउँदै आएको हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
दनुवार समुदायको बाहुल्यता रहेको दुधौलीले मंसिर ३ गते विशेष महत्वका साथ मनाउने भन्दै बिदा दिएको हो। कमलाखोच क्षेत्रमा दनुवार समुदायको बाहुल्यता रहेकाले नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मेयर घनश्याम राउतले जानकारी दिए। नेपाल सरकारको निर्णयबिना स्थानीय सरकार आफैले सार्वजनिक बिदा दिएको सिन्धुलीमा यो पहिलो हो।
प्रतिक्रिया दिनुहोस !
५