वन ऐन बनाउन जनप्रतिनिधि अग्रसर

वन ऐन बनाउन जनप्रतिनिधि अग्रसर

दैलेख : स्थानीय तहमा वन ऐन निर्माण गर्न कर्णाली नदी जलाधार क्षेत्रका जनप्रतिनिधिहरु एकजुट भएका छन् ।

हरेक दिन वन र वन क्षेत्रमा रहेका प्राकृतिक स्रोत साधनहरुको सही सदुपयोग नभएको अवस्थामा ऐन निर्माण गरी स्थानीय तहका जनतालाई उत्पादनसँग जोडेर जीविकोपार्जनमा टेवा पुर्याउन सकिने भन्दै जनप्रतिनिधिहरु एकमत भएका हुन् ।

वन पैदावार जस्तो महत्वपूर्ण स्रोत आफैसँग भएर पनि सही व्यवस्थापन हुन नसकेको भन्दै स्थानीय सरकारले समृद्धिको लागि पनि वनजंगल नै प्रमुख रहेको उनीहरुको निष्कर्ष थियो ।

वनमाथि स्थानीय समुदायको अग्राधिकारलाई व्यवहारिक बनाउन कर्णाली प्रदेशका दैलेख, कालिकोट र सुदुरपश्चिमको अछाम जिल्लाका ९ वटा स्थानीय तहका जनप्रतिनिधिहरुबीच सोमबार दैलेखमा भएको अन्तरक्रियामा यस्तो बहस भएको हो ।

स्थानीय सरकारले चाहेको समृद्धिका लागि अनिवार्य स्थानीय वन ऐन निर्माण गरी कार्यान्वयनमा लैजानुको विकल्प नरहेको अन्तरक्रियामा सहभागीहरुले बताएका थिए ।

दुल्लु नगरपालिकाकी उपप्रमुख विष्णु थापाले ऐनमार्फत वन क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिँदै महिला अधिकारको सुनिश्चितताको सुरुवात सामुदायिक वन र स्थानीय वन ऐनले मात्र गर्नसक्ने ठोकुवा गरिन् । चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले सामुदायिक वनलाई कृृषिसँग जोडेर अगाडी बढ्न ऐन अपरिहार्य रहेको बताएका थिए ।

यस्तै भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जडिवुटी संरक्षण, सडक निर्माणको नियन्त्रण, खोटो संकलनको व्यवस्थापन र ढुंगा माटोको जथाभावी प्रयोग रोक्न ऐनले नै मार्गनिर्देश गर्नसक्ने सुझाव दिएका थिए ।

छलफलमा नरहरीनाथ गाउँपालिका कालिकोट र अछाम जिल्लाका कमलबजार नगरपालिका, पंचदेवल विनायक नगरपालिका र तुर्माखाद गाउँपालिकाका जनप्रतिनिधिहरुले ऐन निर्माणमा एकमत रहेको प्रतिवद्धता जाहेर गरेका थिए ।

वन क्षेत्रको संरक्षण र सम्र्वद्धनका लागि निर्माण गर्नुपर्ने स्थानीय वन ऐनको मस्यौदामाथि छलफल भएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष भारती पाठकले वन ऐन २०४९ अनुसार गठन भएका सामुदायिक वनहरु स्थानीय तह र डिभिजन वन कार्यालयको आ आफ्नै निर्देशनले चपेटामा परेको बताएकी थिइन् । यस्तो अवस्थामा छिटो भन्दा छिटो स्थानीय सरकारले स्थानीय वन ऐन २०७५ जारी गरी कार्यान्वयन गर्न जनप्रतिनिधिहरुसँग आग्रह गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.