दैलेखमा विव्यस अध्यक्षदेखि सदस्यसम्म दलित चयन

दैलेखमा विव्यस अध्यक्षदेखि सदस्यसम्म दलित चयन

दैलेख : दैलेखको एक सामुदायिक विद्यालयमा व्यवस्थापन समितिमा अध्यक्षदेखि सदस्यसम्म दलित चयन गरिएको छ। चामुण्डा विन्द्रासैनी नगरपालिका–६ मा रहेको कालिका मावि नेत्रपानीको अभिभावक भेलावाट अध्यक्ष उजीरबहादुर विकसहित ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।

अध्यक्ष विकसहित सदस्य पदमा गंगे कामी, विर्ख नेपाली, पिउला नेपाली, मञ्जु विक, लक्ष्मी नेपाली चयन भएका छन्। शिक्षक प्रतिनिधिबाट गगन शाही र सदस्यमा सचिवमा प्रधानाध्यापक लोकेन्द्रबहादुर शाहीलाई चयन गरिएको छ। वडाध्यक्ष बखतबहादुर बोहोरालाई विद्यालय व्यवस्थापन समितिको पद्देन सदस्यमा चयन गरिएको हो।

ठकुरी जातीको वाहुल्यता रहेको समुदायको सो विधालयमा सबै जसो दलित नै चयन भएपछि मुलुकमै नमुना विद्यालय व्यवस्थापन समिति बन्न पुगेको छ। जातिय भेदभावको बढी प्रभाव रहेको त्यस क्षेत्रमा दलितहरुकै समिति बनेपछि यसले विभेदप्रति सकारात्मक सन्देश दिन खोजेको चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले बताएका छन्। उनले समाजमा रहेको जातिय भेदभावलाई निर्मुल गर्न यस्तो अभ्यास गरिएको जानकारी दिएका छन्।

समितिका अध्यक्ष विकले जातिय भेदभावलाई नारामा मात्र नभई व्यवहारबाट नै हटाउन सकिने भएकाले गैरदलित समुदायको सहयोगबाट दलित समुदायका व्यक्तिहरुको मनोवल बढाउन उदाहरणिय कार्य भएको भन्दै यस्ता प्रयासहरुको विस्तार हुनसके विभेद स्वतः हट्ने दावी गरेका छन्। उनी भन्छन 'सबैले आ–आफ्नो ठाउँमा सहयोग गरेमा कालिका माध्यमिक विद्यालयलाई कर्णाली प्रदेशकै नमुना विद्यालय बनाउने योजना बनाएको छु।’

को हुन् अध्यक्ष

साविकको जम्बुकाँध गाविसको वडा नं. १ हालको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नं. ६ को गडखामा वि.स. २०४१ साल जेठ १० गते बुबा गौरे कामी, आमा धिरा कामीको कोखबाट जन्मिएका काईला छोरा उजीरबहादुर विक हुन। गरीव परिवारमा जन्मिएका उनी २०४९ सालमा ९ वर्षको उमेरमा प्राथमिक शिक्षा कालिका माध्यमिकबाट सुरु गरेका थिए।

२०४९ साल प्रथामिक शिक्षा भर्ना भई उनी २०६० सालमा एस.एल.सी उत्तिर्ण गरे। आर्थिक अभावका कारणले गर्दा एस.एल.सी पास भईसकेपछि उनी १ वर्ष घरमै बस्नु परेको थियो। २०६२ सालमा दुल्लुको विजय उच्च माध्यमिक विद्यालय कक्षा ११ मा भनाई भई २०६५ सालमा प्लस टु उत्तिर्ण गरेका थिए। २०६५ सालमा उच्च शिक्षाका लागि उनी दोणाचल क्याम्पस दूल्लुमा भर्ना २०६९ सालमा स्नातक उत्तिर्ण गरे। हाल उनी स्नातकोत्तर अध्ययनरत छन्। उनीसँग विभिन्न संघ संस्था आवद्ध भई १० वर्ष सामाजिक क्षेत्रमा काम गरेको अनुभव पनि छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.