दैलेखमा जीप दुर्घटना : ४ को मृत्यु ,४ घाइते(अपडेट )
दैलेख : दैलेखमा बुधबार जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो । दुर्घनामा ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, सोही गाउँपालिका ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही र चालक रमेश शाही रहेको दैलेख प्रहरीले जनाएको छ। क्षेत्रीका अनुसार घाइते ४ जना घाइतेको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जीप सडकदेखि करीब ५० मिटर तल खसेको थियो । वडा नं. ३ का वडाअध्यक्ष कर्णबहादुर शाही लगाएतको टोली घटना पुगिसकेको छ। ठाँटिकाँध प्रहरी चौकीको प्रहरी टोली र गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलगायतको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । हालसम्म दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !