जनकपुर यातायात कार्यालय सार्ने हल्ला निराधार

जनकपुर यातायात कार्यालय सार्ने हल्ला निराधार

जनकपुरधाम : दुई दिन अगाडि जनकपुरमा रहेको यातायात कार्यालय सार्ने हल्ला फैलियो। कार्यालयमा लेखापढी गर्नेहरु आक्रोसित बने, कार्यालय पनि ठप्प पार्न लगाए। सेवाग्राही सास्ती पाए।  चेम्बर अफ कमर्स धनुषा र तरुण दलले विज्ञप्ति नै जारी गरेर कार्यालय सार्न खोजिएकोमा आपत्ति जनाए। तर त्यो हल्ला झुठो सावित भएको छ।

बुधबार बिहान पत्रकार सम्मेलन गरेर निमित्त कार्यालय प्रमुख अजिम मन्सुरले झुठो हल्ला फैलाएर जनतालाई भ्रमित पार्ने काम भएको बताएका छन्। उनले विभिन्न संचारमाध्यमले पनि अाधिकारिक नबुझि समाचार सम्प्रेषण गर्दा कार्यालयको दैनिक कामकाजमा असर परेको गुनासो गरे। उनले भने, 'कार्यालय बर्दिबास सार्ने हल्ला झुठो हो। बर्दिबासमा त २०७१ देखि नै सेवा केन्द्र संचालनमा छ।’

जनकपुर यातायातको सवारी चालक अनुमतिपत्र दैनिक कोटा कटौती गरेको पनि लेखापढी व्यावसायीहरुको आरोप छ। तर निमित्त प्रमुख भन्छन्, ‘विगतदेखि नै यहाँ दैनिक ३ सय २० कोटा कायमै छ। कटौती भएको छैन।’ बर्दिबास सेवा केन्द्रमा भने दैनिक १ सय कोटा (मोटरसाइकल ७५ र स्कुटर तथा मोपेड २५) छन्। बर्दिबास सेवा केन्द्रमा भने स्क्याभेटर, क्रेन, लोडर, रोड रोलर, डोजर, बस, ट्रक, टेम्पो, कार, जीप, डेलीभरी भ्यान जस्ता सवारीको लाइसेन्स बन्दैन।

निमित्त प्रमुख मन्सुरले कार्यालयको कामकाज व्यवस्थित हुन सके सम्बन्धित निकायसँग छलफल तथा परामर्श गरेर कोटा बढाउन सकिने बताए। विगत लामो समयदेखि कार्यालय प्रमुख विहिन छ। यहाँ कार्यालय प्रमुख आउनै नचाहेको पनि उनले बताए। ‘खै किन कोही आउन मानेको छैन, थाहा छैन’ उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.