५ करोडकाे जग्गा दिने दानी सांसद

५ करोडकाे जग्गा दिने दानी सांसद

सप्तरी : प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले ५ करोड रुपैयाँ पर्ने १० कट्ठा जग्गा दान गरेका छन्। सांसद चौधरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका कार्यालयका लागि जग्गा उपलब्ध गराएका हुन्।

पातो बजारस्थित जग्गाको लालपुर्जा मंगलबार उनले मेयर शिवनारायण साहलाई हस्तान्तरण गरे। उक्त अवसरमा उनलाई नगरपालिका र स्थानीयले अभिनन्दन गरेका थिए। ‘आफ्ना लागि त सबैले जोड्छन्’, उनले भने, ‘समाज र राष्ट्रका लागि पो सकेको योगदान गर्नुपर्छ।’ बाल्यकालमा राजा हरिश्चन्द्रको नाटकबाट प्रभावित भएकाले दान गर्न उत्साहित हुने गरेको उनको भनाइ छ।

सरकारले मेडिकल कलेज सञ्चालन गर्ने हो भने आफूसँग बाँकी जमिन पनि दान गर्न तयार रहेको उनले बताए। ‘७२ बिघा जग्गा दान गरिसकेको छु’, उनले भने, ‘मसँग १० बिघा जमिन बाँकी छ।’ गुणस्तरीय स्वास्थ्य सेवा लिन सप्तरी, सिरहाका जनतालाई प्रदेश १ जानुपर्ने बाध्यता रहेको गुनासो उनले गरे। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको घोषणाअनुरूप बन्ने अस्पताललाई १३ कट्ठा जग्गा दिने उनले सुनाए।

मेयर साहका अनुसार पातो बजार र विद्यालयका लागि उनका बुवा उमाकान्त चौधरीले २००९ सालमा जग्गा दान गरेका थिए। चन्द्रकान्तले त्यसलाई निरन्तरता दिएको उनले सुनाए। भौतिक पूर्वाधार अभाव रहेका बेला जग्गा प्राप्तिले नगरपालिकाको संस्थागत विकासमा टेवा पुग्ने कार्यकारी अधिकृत मिलन दाहालले बताए।

चन्द्रकान्तले २०२२ सालमा स्थानीय कन्तचन्द्र माविलाई ४७ बिघा जमिन दिएका थिए। उमाकान्तले २००९ सालमा १६ बिघा जमिन दिएका थिए। विद्यालय स्थापना र विकासमा सांसद चौधरीको देन रहेको प्रधानाध्यापक योगेन्द्रप्रसाद मेहताको भनाइ छ। उनका अनुसार यहाँ कक्षा १२ सम्म पढाइ हुने गरेको छ। विद्यालयका नाममा ६३ बिघा १५ कट्ठा १२ धुर जमिन छ। कक्षा १२ सञ्चालनका लागि सम्बन्धन प्राप्त गर्ने बेला पनि चौधरीले २०६५ सालमा ४ लाख नगद सहयोग गरेका थिए। उनले २०३६ सालमा सडक र बजार विकासका लागि पनि जग्गा दिएको स्थानीय छोटेलाल साहको भनाइ छ।

स्थानीय निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि चौधरीले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यस बेला उनले पाँचौं स्थानमा मत पाएका थिए। उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने राजपाबाट सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन्। कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवलाई पराजित गरी उनी सांसद बनेका हुन्। चौधरी तीनपटक प्रधानपञ्च र एकपटक गाविस अध्यक्ष बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.