आगलागीबाट एकको ज्यान गयो

आगलागीबाट एकको ज्यान गयो

स्याङ्जा :जि‍ल्लाको अर्जुनचौपारी गाउँपालिका- १ स्थित गाडखानीमा आगलागी हुँदा २८ वर्षीय कृष्ण कामीको मृत्यु भएको छ। सोमबार बिहान बलबहादुर थापाको २ तले टिनले छाएको कच्ची घरमा एक्‍कासी आगलागी भएको हो।

घटनामा परी सोही घरको तल्लो तलामा बस्ने कामीको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए। आगलागीबाट ठूलो मात्रामा धनजनको क्षति पुगेको छ। आगलागीको खबर थाहा पाएपछि प्रहरी र स्थानीयबासी मिलेर आगो निभाएको भण्डारीले बताए। आगलागीबाट घरभित्रका अन्नपात, भाडाकुँडा, लत्ताकपडा, काठपात जलेर पूर्णरुपमा नष्ट भएको छ।

आगलागीबाट १४ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ।घटनाबारे अनुसन्धान भइरहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.