सीके राउतका चार कार्यकर्ता कारागार चलान

सीके राउतका चार कार्यकर्ता कारागार चलान

राजविराज : अदालतको आदेश बमोजिम धरौटी रकम नबुझाउने स्वतन्त्र मधेश गठबन्धनका चार जना बिहीबार कारागार चलान भएका छन् । जनही ५० हजार धरौटी नबुझाएका कारण राजविराज नगरापालिका–११ फर्सेठका २३ वर्षीय श्यामकुमार यादव, सोही ठाउँका १९ वर्षीय सरोजकुमार यादव, तिलाठी कोइलाडी गाउँपालिका–२ का २८ वर्षीय सुशिल मण्डल र

सप्तकोसी नगरपालिका–१० का १९ वर्षीय अविनाश पण्डित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् । जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले चारै जनासँग जनही ५० हजार धरौटी रकम बुझाउन आदेश गरेको थियो । डा. सी.के. राउत नेतृत्वको गठबन्धनका चारै जनाले धरौटी रकम नबुझाएपछि कारागारमा पठाइएको अदालतले जनाएको छ ।

गत माघ ५ गते बालबालिकालाई पोस्टर टाँस्नेलगायतको कार्यमा सहभागी गराएको आरोपमा सप्तरी प्रहरीले उनीहरुलाई पक्रउ गरी ‘बालबालिका ऐन २०७५’ अन्तर्गत ‘बालबालिका दुरुपयोग कसुर’ मा उजुरी दर्ता गरी कारवाही थालेको थियो । घटनास्थलबाट नियन्त्रणमा लिइएका बालबालिकालाई भने सोही दिन प्रहरीले रिहा गरेको थियो ।

बालबालिकालाई प्रलोभनमा पारी पोस्टर टाँस्ने लगायतको कार्यमा सहभागी गराएको आरोपमा प्रहरीले उनीहरुलाई राजविराज नगरपालिका–११ झल्ही पुल नजिकबाट पक्राउ गरेको थियो । प्रहरीले बालबालिकाहरुलाई पोस्टर टाँस्न लगाउँदै गरेको अवस्थामा पोस्टर र ‘फ्रि मधेस’ लेखिएको व्यानरसमेत बरामद गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.