पशुपति शर्माको गीत बन्द गरिँदा रिसायो कांग्रेस

पशुपति शर्माको गीत बन्द गरिँदा रिसायो कांग्रेस

काठमाडौँ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माको गीत सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । ‘हामीलाई त अहिले पञ्चायतकालिन शासन जस्तो झझल्को लागेको छ’, उनले आइतवार रिर्पोटर्स क्लबमा भने, ‘सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’

जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए । ‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ?’, उनले प्रश्न गरे, ‘मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’

सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको पनि उनले आरोप लगाए । ‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो’, उनले भने ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रममा पेश गरेको तथ्यांक नै मिथ्यांक रहेको जोशीको आरोप छ । ‘तथ्यांकलाई प्ले गर्न सकिन्छ, तर प्रधानमन्त्रीले तथ्यांक नभईकन मिथ्यांक पेश गर्नुभयो’, जोशीको जिकिर थियो, ‘उहाँले तथ्यांक दिने निकायहरुलाई मिथ्यांक दिन प्रेरित गर्नुभएको होला ।’ 

जोशीले देशको सबै आर्थिक सूचकहरु नकारात्मक रहेको दृष्टान्त पेश गरे । ‘अहिले व्यापार घाटा र महँगी बढेको छ । विदेशी लगानी घटेको छ’, जोशीको दाबी थियो,  ‘तर, प्रधानमन्त्रीले हिजोको भन्दा आज धेरै प्रगति भयो भन्नुभएको छ । म भन्छु, हिजोभन्दा आज प्रगति भएकै हो तर, त्यो भ्रष्टाचारको प्रगति हो । हिजो करोडको भ्रष्टाचार हुन्थ्यो, अहिले अरबौंको भ्रष्टाचार भएको छ ।’

सुन तस्करी काण्ड, वाईबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा उनले सरकारविरुद्ध आक्रोश पोखे । ‘सुन तस्करी काण्डमा सरकारले किन परीणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा  संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो’, जोशीले भने । 

सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । ‘ठूलो कुरा गरेर हुँदैन । काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ’, जोशीले थपे, ‘पानीजहाजको सपना देख्नु गलत होइन । तर, तामझाम गर्नुहुँदैन ।’ उनले मुलुक अहिले रशातालमा रहेको बताए । 

जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठक भ्रष्टाचारमा मुछिएको विषय सरकारलाई चार महिना अघि नै थाहा भएको बताउँदै यतिका दिनसम्म कारबाही नभएकोमा प्रश्न गरे । 

जोशीले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । ‘तथ्यांक हेर्ने हो भने पनि अहिले नेपालको डुईङ विजनेश ५ अंकले घटेको छ, विदेशी लगानी ६६ प्रतिशतले घटेको छ, यो अत्यन्तै चिन्ताजनक हो’, जोशीले भने । 

मुलुकमा भ्रष्टाचार संस्थागत भएको हो कि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत चिन्ता व्यक्त गरेको सुनाउँदै उनले यो ठूलो समस्या भएको बताए । उनले सुशासन र सदाचार अब कहाँ छ भनेर खोज्ने दिन आउने पनि बताए । जोशीले सरकार पूर्णतः असफल भएको दाबी गरे । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.