गोरखामा मिनी टिलर वितरण

गोरखामा मिनी टिलर वितरण

गोरखा : गोरखा नगरपालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ। नगर क्षेत्रका ६ कृषक समूह र २२ व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिएको हो।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले किसानलाई मिनी टिलर हस्तान्तरण गरेका थिए। कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई मिनी टिलर वितरण गरेको उनले बताए। ‘हामी अझै पनि खेतबारी गोरुबाट जोत्दै आएका छौं’, उनले भने, ‘अब कृषिमा आधुनिकीकरण गर्न जरुरी छ। हाम्रो ठाउँमा ठूला ट्र्याक्टरले जोत्न सम्भव छैन। त्यसैले २८ थान मिनी टिलर वितरण गरेका छांै। कोही वास्तविक व्यावसायिक किसान छुट्नुभएको छ भने नगरपालिकामा सम्पर्क गर्नुहोस्, हामी थप गर्न सक्छौं।’ हरेक वडाबाट आवेदन संकलन गरी वास्तविक किसानलाई मिनी टिलर वितरण गरिएको उनले बताए। बाँझो जमिनबाट उत्पादन लिन मिनी टिलर सहयोगी हुने उपमेयर बिनाकुमारी श्रेष्ठले बताइन्।

चालु आर्थिक वर्षको कार्यक्रमअनुसार दश लाख रुपैयाँको बजेटमा मिनी टिलर खरिद गरी किसानलाई वितरण गरेको नगरपालिकाका कृषि प्राविधिक नवीन अधिकारीले जानकारी दिए।

मिनी टिलरका लागि किसानले २७ हजार चार सय ७५ रुपैयाँ तिरेका छन् भने नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको जनाएको छ। मिनी टिलरबाट जोत्दा प्रतिघण्टा एक लिटर पेट्रोल खर्च लाग्ने अधिकारीले बताए। एक घण्टामा एक रोपनी जोत्न सकिने उनको भनाइ छ। प्रयोगका क्रममा मर्मत गर्नुपरे नगरपालिका कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

मिनी टिलर पाएपछि खेती किसानी गर्न सजिलो हुने किसान राजेश विक्रम शाहले बताए। ‘अब हलो जुवा बोकेर गोरु धपाउँदै हिड्नु परेन’, उनले भने, ‘खेताला पाइएन भनेर हैरानी नहुने भयो।’ जोत्ने मेसिन भएपछि खेतबारी बाँझो नहुने भन्दै उनले खुसी व्यक्त गरे। ट्र्याक्टरले खेतबारी जोत्न पाएपछि गोरुले भन्दा छिटो र सजिलो हुने किसान पदमबहादुर तामाङले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.