देउवाले १५१ किलोको माला लगाएपछि विश्वप्रकाशले भने : सम्मानमा फूलको भारी गलत छ

देउवाले १५१ किलोको माला लगाएपछि विश्वप्रकाशले भने : सम्मानमा फूलको भारी गलत छ

काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारी हुनेगरी मालाले स्वागत गर्नु गलत भएको टिप्पणी गरेका छन्। 

बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई बारामा १५१ किलोको मालाले स्वागत गरेको समाचार शेयर गर्दै शर्माले यस्तो टिप्पणी गरेका हुन्। एक फूल र एक मुस्कानले स्वागत गर्न सुझाव दिँदै उनले आलोचनामा गालीको भारी र सम्मानमा फलको भारी दुवै गलत भएको उल्लेख गरेका छन्। 

‘केवल एक फूल दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नोस्’, शर्माले ट्विटरमा लेखेका छन्, ‘आलोचनामा गालीको भारी या सम्मानमा फुलको भारी दुवै गलत छन्।’ 

उनले जिल्लामा जोसुकै नेता आए पनि मालाको भारी हुने गरी स्वागत नगर्न आग्रह समेत गरेका छन्। ‘देउवा, पौडेल, कोइराला, प्रचण्ड, ओली वा जिल्लामा आउने अरु जो कोही अगुवा हुन्’, उनले थप लेखेका छन्।  

बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको थियो। 

दियालो होटलको उद्घाटन गर्न वीरगन्ज जाने क्रममा देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको मालाले स्वागत गरेको हो। 

नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए। 

सिमरा आएका देउवाले सञ्चारकर्मीसँग भने बोल्न मानेनन्। सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा देउवाले अहिले नबोल्ने भन्दै सञ्चारकर्मीलाई पन्छाएका थिए। 

यसअघि देउवालाई स्वागत गर्न सिमरा बिमानस्थलमा पूर्वमन्त्री फरमुल्ला मन्सुर, पूर्वसभासद राधेचन्द्र यादव, अजय चौरसिया, रमेश रिजाल, अजय द्धिवेदी, मधु शाहीसहित बारा र पर्साका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। देउवालाई स्वागत गर्न कांग्रेस कार्यकर्ताबीच तछाडमछाड देखिन्थ्यो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.