अन्सारीका दुइटा जन्ममिति, प्रतिलिपि र ढड्‍डाको विवरण फरक

अन्सारीका दुइटा जन्ममिति, प्रतिलिपि र ढड्‍डाको विवरण फरक

काठमाडौं : मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता प्रमाणपत्र र जिल्ला प्रशासनको ढड्डामा फरक फरक जन्ममिति फेला परेको छ। संसदीय सुनुवाइ विशेष समितिले अन्सारीको नागरिकतालाई शंकाको घेरामा राखेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनको नागरिकताको विवरण अध्ययन गर्न थालेको हो।  

जिप्रका काठमाडौंले समितिलाई पठाएको प्रारम्भिक विवरणमा अन्सारीको नागरिकता र ढड्डामा फरक फरक जन्म मिति भएको उल्लेख छ। ढड्डामा उनको नागरिकता र त्यसको प्रतिलिपिमा प्रमाणपत्र जारी गर्ने अधिकारी (सीडीओ)को हस्ताक्षर पनि छैन। नागरिकतामा जन्ममिति २०३७ असोज २४ गते छ। तर जिप्रकाको ढड्डामा २०३० साल असोज २४ गते उल्लेख छ। सुनुवाइ समितिमा प्राप्त विवरणअनुसार उनले २०५५ पुस २२ मा जिप्रका काठमाडौंबाट नागरिकता लिएको र २०६६ भदौ ९ गते नागरिकताको प्रतिलिपि लिएको देखिन्छ।  

३७८४÷/८७१ नम्बरको नागरिकता प्रमाणपत्र लिएका अन्सारीको नागरिकता र जिप्रकाको ढड्डामा सीडीओको नाम उल्लेख छैन। ढड्डामा उनको भन्दा अघि र पछि नागरिकता जारी गर्ने सीडीओको नाम उल्लेख छ। ढड्डामा ८७० नम्बरको नागरिकता दिने सीडीओको नाम योगेन्द्रनाथ ओझा र ८७२ नम्बरको नागरिकता जारी गर्ने सीडीओको नाम प्रेमलाल श्रेष्ठ छ।

अन्सारीले ८७१ नम्बरको नागरिकता लिएका छन्। तर उनको नागरिकता जारी गर्ने सीडीओको नाम द मात्र लेखिएको छ। उनले नागरिकता लिएको समयमा काठमाडौंको सीडीओ उषा नेपाल थिइन्। नागरिकता जारी गर्ने अधिकारीमा उनको नाम कहीं कतै उल्लेख छैन। नागरिकतामा र प्रतिलिपिमा अन्सारीको काठमाडौंको ठेगाना पनि फरक फरक छ। नागरिकतामा काठमाडौं महानगरपालिका वडा नम्बर ९ छ भने प्रतिलिपिमा काठमाडौं वडा नम्बर १९ छ।  

ढड्डामा उनको नागरिकता र त्यसको प्रतिलिपिमा प्रमाणपत्र जारी गर्ने अधिकारी (सीडीओ)को हस्ताक्षर पनि छैन।  

अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि सुनुवाइ समितिले सरकारी निकायमा पत्राचार गरी वास्तविकता बुझिरहेको छ। उनको नागरिकताबारे काठमाडौं जिल्ला प्रशासन, शैक्षिक प्रमाणपत्रबारे संवैधानिक परिषद् र पार्टीको सदस्यताबारे निर्वाचन आयोगलाई वास्तविक विवरण पठाउन समितिले पत्राचार गरेको छ।  

अन्सारी अझै समानुपातिक उम्मेदवार

मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित अन्सारी तत्कालीन एमालेबाट प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवार हुन्। निर्वाचन आयोगले उनको नाम उम्मेदवारको सूचीबाट अझै हटाएको छैन। राजनीतिक दलको सदस्य आयोगको अध्यक्ष वा सदस्य हुन नपाउने संवैधानिक व्यवस्था रहे पनि उनको नाम समानुपातिक उम्मेदवारबाट समेत हटेको छैन। तत्कालीन एमालेले मुस्लिम कोटामा उनको नाम एक नम्बरमा राखेर आयोगमा विवरण बुझाएको थियो।  

काठमाडौंबाट नागरिकता लिएका अन्सारीको उम्मेदवारको ठेगानामा रौतहट लेखिएको छ। एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नेकपाका केन्द्रीय सदस्यबाट उनले राजीनामा दिए पनि आयोगमा पार्टीले त्यसको जानकारी अझै पठाएको छैन। सुनुवाइ समितिले उनी पार्टी सदस्य रहे÷नरहेको जानकारी दिन आयोगलाई पत्र पठाइसकेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.