बंगलादेशसँगको व्यापार सम्झौता पुनरावलोकन गर्न आग्रह

बंगलादेशसँगको व्यापार सम्झौता पुनरावलोकन गर्न आग्रह

विराटनगर: पूर्वीनेपालका उद्यमी व्यवसायीले बंगलादेशसँगको व्यापार र पारवहन सम्झौता पुनरावलोकन गरी दुई देशबीच व्यापार सहजीकरण गर्न आग्रह गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) र मोरङ व्यापार संघले आयोजना गरेको ‘नेपाल–बंगलादेश व्यापारः अवसर र चुनौती’ विषयक कार्यक्रममा उद्योगी तथा व्यापारीले दुई देशबीच व्यापार तथा पारवहन समस्या समाधान गर्न आग्रह गरेका हुन्।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले भौगोलिक निकटताका कारण बंगलादेश नेपालको महत्त्वपूर्ण व्यापार साझेदार बन्न सक्ने सम्भावना औंल्याए। प्रदेश सरकारले व्यापारका सम्भावना उजागर गर्दै बंगलादेशमा निर्यात बढाउने सम्बन्धमा अग्रसरता लिएको उनको भनाइ छ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारदाले बंगलादेश सरकारले नेपाली वस्तुलाई उच्च भन्सार लगाएको र नेपाली उत्पादनले बंगलादेशमा गैरभन्सार अवरोधको समेत सामना गर्नुपरिरहेको बताए। यसका कारण पछिल्ला वर्ष नेपालको बंगलादेशतर्फको निर्यात ओरालो लागेको छ। बंगलादेशबाट नेपालमा आयात भने बढिरहेको छ। नेपालले स्थानीय रूपमै उत्पादन हुने जुस, आलुलगायत वस्तुसमेत बंगलादेशबाट आयात गर्दै आएको छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजूले सरकारले सार्क देशसँग व्यापार र पारवहन सन्धि नवीकरणको पहल अघि बढाएको बताए। उनले भने, ‘बंगलादेश पनि नेपाललाई सौविध्यपूर्ण बजार सुविधा दिन सहमत भएको छ।’ नेपालले सौविध्यपूर्ण बजार सुविधा चाहेका वस्तुको सूची तयार गरी बंगलादेशसँग छलफल अघि बढाउने उनले जानकारी दिए।

सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले नेपाल र बंगलादेशबीच सहकार्यका विविध आयामबारे चर्चा गर्दै दुई देशबीच व्यापार तथा भुक्तानी सम्झौतामार्फत व्यापार भइरहेको र दुवै देशले क्षेत्रीय तथा बहुपक्षीय पारवहन सम्बन्धि सम्झौताका आधारमा पारवहन सेवा लिइरहेको बताए। नेपालले यी सम्झौतामार्फत प्राप्त गरेको सौविध्यपूर्ण राष्ट्रको सुविधा मात्रै नेपाल र बंगलादेशबीच बढ्दो व्यापारघाटाको समस्या समाधान गर्न पर्याप्त नरहेको बताए। उनले बंगलादेशसँग पारवहन, भन्सारजन्य र गैरभन्सारजन्य अवरोध हटाएर निर्यात बढाउनका लागि सहुलियतपूर्ण बजार सुविधासम्बन्धि सम्झौता टुंग्याउन तथा स्वदेशी उद्योगधन्दाको संरक्षण गर्न आग्रह गरे।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल–भारत क्षेत्रीय व्यापार तथा परिवहन परियोजनाका व्यापार सहजीकरण सल्लाहकार हिमाल थापाले बंगलादेशतर्फ सहज परिवहन सुविधा उपभोग गर्न नेपाल र बंगलादेशले भारतसँग छलफल गरी त्रिपक्षीय सम्झौता गर्नुपर्ने आवश्यकता औंल्याए।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले उद्योगी तथा व्यापारीलाई बंगलादेशको बजारमा प्रवद्र्धन गर्नुपर्ने वस्तुको सूचीसहित आउन आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले बंगलादेशमा निर्यात सम्भावना भएका वस्तुको पहिचानका र बजारको सहज पहुँचका लागि पहल गर्न आग्रह गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.