डीपीएल फाइनल आज : उपाधिमा महेन्द्रनगर र अत्तरियाको दाबी

डीपीएल फाइनल आज : उपाधिमा महेन्द्रनगर र अत्तरियाको दाबी

धनगढी : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ। महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया फाइनलमा भिड्दै छन्। फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर शरद भेषावकरको कप्तानीमा मैदानमा उत्रनेछ भने अत्तरिया दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा छ। उपाधि भिडन्तका लागि मैदान प्रवेश गर्दा महेन्द्रनगर र अत्तरियाको लक्ष्य ‘च्याम्पियन’ बन्ने रहेको दाबी उनीहरूले गरेका छन्। शुक्रबार भएको प्रिम्याच कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका छन्।

‘जुन लक्ष्य लिएर आएका थियौं। अहिलेसम्म पूरा भएको छ। अब एक खेल बाँकी छ’ महेन्द्रनगरका कप्तान शरदले भने, ‘योजना सामान्य छ। राम्रो क्रिकेट खेलिरहेका छौं। हामी फाइनलमा सफल हुनेमा ढुक्क छौं।’ महेन्द्रनगर दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर पहिलो पटक फाइनलमा पुगेको हो। आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिष्कार गरेपछि महेन्द्रनगरले अत्तरियासँगको उपाधि भिडन्त पक्का गरेको हो।

काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताको बलियो टोली हो। अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहे पनि शरद आफ्नो टोली च्याम्पियन बन्ने दाबी गर्छन्। ‘उनीहरूले उत्कृष्ट खेलिरहेकोमा कुनै दुविधा छैन। तर, फाइनल जित्न दुवै टोलीलाई प्रेसर हुन्छ। जसले राम्रो खेल्छ उसले उपाधि जित्छ’ कप्तान शरदले भने।

अत्तरिया पहिलो पटक डीपीएलको फाइनलमा पुगेको हो। अत्तरियालाई पहिलो पटक डीपीएलको ट्रफी उचाल्ने अभियानमा छ। दीपेन्द्र आफ्नो कप्तानीमा पहिलो पटक टोलीलाई उपाधि दिलाउन आतुर छन्। ‘हामीले जसरी क्रिकेट खेलिरहेका छौं। त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्नेछौं,’ उनले भने, ‘फाइनलमा दबाब लिएर खेल्ने छैनौं। हामीले पहिले जसरी खेलिरहेका छौं त्यसरी नै हामी फाइनल जित्छौं।’

महेन्द्रनगरविरुद्ध अत्तरियालाई समूह चरणमा बेहोरेको हारको बदला लिने अवसरसमेत हुनेछ। समूह चरणमा अत्तरिया महेन्द्रनगरसँग सात विकेटले पराजित भएको थियो। दीपेन्द्रले फाइनलमा टोलीका मुख्य खेलाडी भारतका सन्नी पटेल र जयकिशन कोल्सावाला रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.