वृक्षारोपणसँगै केक काटेर जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली

वृक्षारोपणसँगै केक काटेर जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली

काठमाडौं : वृक्षारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मदिन मनाएका छन्। शनिबार बालुवाटारमा आँपको विरुवा रोपेर ओलीले जन्मदिन मनाएका हुन्। 

बालुवाटारमा परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन्।  प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन्। 
जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका छन्। 

प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन्। 

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन्। प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिनेको भिडभाड शनिबार बिहानैदेखि बालुवाटारमा छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.