नख्खु विस्फोटका योजनाकार  पक्राउ

नख्खु विस्फोटका योजनाकार  पक्राउ

काठमाडौं : नख्खु बम विस्फोटका एकजना योजनाकार पक्राउ परेका छन्। शुक्रबार राति नख्खुस्थित एनसेलको कार्यालय अगाडि गराइएको कुकर बम विस्फोटमा एकजनाको मृत्यु भएको थियो भने अन्य दुईजना घाइते भएका थिए। 

महानगरीय अपराध महाशाखाको टोलीले योजनाकारमध्ये सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको हो। उनी विप्लव नेतृत्वको नेकपाका ब्यूरो सदस्य रहेको खुलेको छ । यो घटनामा विप्लव नेतृत्वको नेकपा अन्य नेताको पनि संलग्नता भएको खुलेपछि प्रहरीले खोजी कार्य तीब्र बनाएको छ । 

प्रहरी स्रोतका अनुसार उनी विप्लव निकट नेता हुन्। नख्खु विस्फोटमा घाइते लमजुङका ४९ वर्षीय सिंहबहादुर गुरुङको निधन भएको थियो। त्यही दिन राति देशभरका विभिन्न स्थानमा रहेका २० वटा भन्दा धेरै एनसेल टावरमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.