मुख्यमन्त्री राईद्वारा शोक व्यक्त
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको घटनाप्रति मुख्यमन्त्री राईले दुःख व्यक्त गरेका हुन्।
मुख्यमन्त्री राईले विद्यार्थी जीवन हुँदै सङ्गठन र सङ्घर्षबाट अगाडि बढेका जुझारु युवा नेता अधिकारीसहित हेलिकप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको सन्देशमा उल्लेख छ।
सन्देशमा मुख्यमन्त्री राईले दुर्घटनामा निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।