मन्त्री अधिकारी निधनको शोकमा नेकपाले आधा झन्डा झुकाउने
काठमाडौं : पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन शोकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो झन्डा आधा झुकाउने निर्णय गरेको छ। बिहीबार विहान बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले शोक प्रस्ताव पारित गरेको हो।
पार्टीका केन्द्रिय सदस्य समेत रहेका पर्यटनमन्त्री अधिकारीले बुधवार हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। त्यस्तै बैठकले आज पार्टीका सबै कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको उनले बताए। ने क पाले तीन दिनसम्म आफ्ना कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको छ। नेकपाले फागुन २३ गते श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय समेत गरेको हो।