दमकमा ११ वर्षीय बालक मृत फेला

दमकमा ११ वर्षीय बालक मृत फेला

दमक : झापाको दमकमा बिहीबार बिहान एक बालक झुण्डिएको अवस्थामा फेला परेका छन्। दमक-९ बस्ने दुर्गाबहादुर दर्नालका छोरा ११ वर्षीय अनिल दर्नाल मृत अवस्थामा भेटिएका हुन्। दमक-५ स्थित गोर्खा डिर्पाटमेन्ट अघि रहेको तमुना टायर ग्यारेजमा राखेको को १ त ७४०० नम्बरको ट्याक्टरको हुटमा रहेको फलामको रडमा झुण्डिएको अवस्थामा दर्नाल फेला परेका हुन्।

सामान बाँध्न प्रयोग गरिने प्लाष्टिकको डोरीले गलामा पासो लगाई झुण्डिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। दर्नालको पोष्टमार्टमका लागि शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।पारिवारिक स्रोतका अनुसार बालक जहिले पनि घरमा नबस्ने, बाहिर बाहिरै हिँड्ने गरेका थिए। स्थानीय छिमेकीका अनुसार मृतक बालकले लागुपदार्थ सेवन गर्थे।

घरको अवस्था अत्यन्तै नाजुक रहेको र परिवारमा सधैं झगडा भइरहने स्थानीयको भनाई छ। बालक आफैले आत्महत्या गरेको हो वा कसैले झुण्ड्याइ दिएको हो भन्नेबारे पोष्टमार्टम रिर्पोट पछि थाहा हुने प्रहरी निरीक्षक एक्तेनले बताए। शरीरमा कुनै निल डाम तथा चोटपटक नरहे पनि घटनाको बारेमा थप अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.