मधेसमैत्री थिए रवीन्द्र

मधेसमैत्री थिए रवीन्द्र

काठमाडौं : मधेस राजनीतिका अग्रज गजेन्द्रनारायण सिंहको माघ १० मा आयोजित स्मृतिसभामा प्रमुख अतिथि थिए, रवीन्द्र अधिकारी। सभाका सहभागी सबैलाई कौतूहल थियो, रवीन्द्र कसरी बने प्रमुख अतिथि ?

तीनवर्षअघि संविधानविरुद्ध मधेसमा ६ महिना लामो आन्दोलन चल्दा आन्दोलनकारीको सबैभन्दा बढी निसानामा थिए वर्तमान प्रधानमन्त्री केपी ओली र तत्कालीन दल एमाले।

अधिकारी तत्कालीन एमालेका नेता हुन्। त्यतिबेला एमाले नेतालाई मधेसमा जान पनि अप्ठ्यारो भइरहँदा अधिकारीको भने मधेस घुमघाम बाक्लो हुन्थ्यो। मन्त्री अधिकारीले स्मृतिसभामा त्यही अनुभव सुनाए। उनले मधेस आन्दोलन र पार्टीमा प्रभावशाली देखिएका युवापंक्ति अहिले आफ्ना सहकर्मी भएको बताएका थिए। अधिकारीको भनाइ थियो, ‘हामीले कुनै बेला प्रजातन्त्रका लागि सँगै संघर्ष गरेका थियौं।’

राजपाका महामन्त्रीसमेत रहेका प्रदेश २ का राजपा संसदीय दलका नेता जितेन्द्र सोनललगायत धेरै नेताले अधिकारीसँगै विद्यार्थी राजनीति गरेका हुन्। राजपा नेता सानेल अधिकारीलाई प्रगतिशील दृष्टिकोण राख्ने साथी र नेताका रूपमा सम्झन्छन्।

मन्त्री भएपछि रवीन्द्र अधिकारीले मधेसको भातिक विकासमा अग्रणी भूमिका खेलेका थिए 

‘अधिकारी राजनीतिक र विकास दुवैबारे पार्टी नेतृत्वभन्दा फरक दृष्टिकोण राख्थे’, सोनलले भने, ‘मैलै गैरमधेसी समुदायबाट सबैभन्दा बढी मिलनसारमध्येको एउटा साथी गुमाएको छु।’ मधेस आन्दोलनपछि एमालेसँग टाढिएको मधेसी पार्टीका अधिकांश कार्यक्रममा अधिकारीको उपस्थिति देखिन्थ्यो। अधिकारीले मधेसमा हुलाकी सडकदेखि जनकपुर–जयनगर रेलको पूर्वाधार आधार तयार पार्न महत्वपूर्ण भूमिका खेले।

संसद्को विकास समिति सभापति हैसियतमा अधिकारीले हुलाकी सडकको स्थलगत अध्ययन गरेका थिए। वर्षौंदेखि सुस्त हुलाकी सडकको निर्माण कार्यले केही हदसम्म गति लिएको छ। लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल सेवाको काममा तीव्रता दिलाउन पनि अधिकारीको भूमिका थियो। अहिले यो रेलसेवा निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मि श्रले भने, ‘हुलाकी सडकदेखि जनकपुर–जयनगर रेल निर्माणमा अधिकारी गम्भीर भएर लागेकैले केही सकारात्मक परिणाम देखिएका छन्।’

दशकौंदेखि अवरुद्ध राजविराज विमानस्थल मन्त्री अधिकारीकै पहल र सक्रियतामा सञ्चालन भयो। यस्तै उनले पछिल्लो समयमा जनकपुर विमानस्थलको स्तरोन्नतिका लागि काम थालेका थिए। जनकपुर विमानस्थलमा रात्रिकालीन विमान उडान गराइछाडने प्रतिबद्धता अधिकारीको थियो। ‘हामीले मन्त्री अधिकारीलाई नेकपाका नेताभन्दा पनि विकासप्रेमी र मधेसमैत्री नेताका रूपमा बुझेका छौं’, सोनलले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.