सुरू भयो कला साहित्य उत्सव २०७५

सुरू भयो कला साहित्य उत्सव २०७५

काकरभिट्टा : नेपालको पूर्वी सहर काकरभिट्टामा शनिबारदेखि कला साहित्य उत्सव सुरू भएको छ। तीनदिने यो उत्सवमा सहभागी हुन राष्ट्रिय ख्यातिप्राप्त चिन्तक तथा लेखकहरू काकरभिट्टा आइपुगेका छन्। 

रिडर्स झापाले आयोजना गरेको उत्सवको यो चौँथो संसकरणमा विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक विषयमा बहस हुनेछन्। तीन दिन चल्ने उत्सवमा यस्ता विभिन्न सामाजिक, सांस्कृतिक र साहित्ययिक विषयमा २२ वटा सेसनमा छलफल हुनेछन्।

उत्सवको पहिलो दिन आज ६ सेसन हुँदैछन्।उद्घाटनलगत्तै साढे १० देखि राजनीति शास्त्री हरि शर्माले 'लोकतन्त्र र आलोचनात्मक चेत' विषयमा विद्वत प्रवचन दिनेछन्। त्यसपछिको सेसन 'साहित्यको दलन' विषयमा छ। यो सेसनमा लेखक युग पाठक, दलित अधिकारकर्मी जेबी विश्वकर्मा र  सुधीर क्षेत्रीले बहस गर्नेछन् । साढे १२ बजेको सेसन कविता वाचनको हुनेछ। कविता सेसन लगत्तै 'समकालीन आख्यानमा वर्गचेत' विषयमा पुण्यप्रसाद खरेल, सरस्वती प्रतिक्षा र रेमिका थापाले बहस गर्नेछन्। 

२ बजेदेखि 'अभिव्यक्ति र बहिस्करण' सेसनमा अनुभव अजित, नयनराज पाण्डे र सुप्रिया मानन्धर विमर्श गर्दैछन् । 

उत्सवको पहिलो दिनको अन्तिम सेसन 'भूराजनीतिक चिन्तन' विषयमा छ जहाँ महेन्द्र पी लामा र पत्रकार सुधीर शर्माबीच पत्रकार बसन्त बस्नेतले बहस गराउनेछन् । आयोजक रिडर्स झापाका अनुसार उत्सवमा नाटक, चित्रकला र संगीतका अलग कार्यक्रमहरू हुनेछन् ।

तीन दिने कला साहित्य उत्सव २०७५ को कार्यतालिका

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.