सेनाको व्यवसायिक क्षमता वृद्धि गर्न सरकारले पहल लिन्छ : प्रधानमन्त्री

सेनाको व्यवसायिक क्षमता वृद्धि गर्न सरकारले पहल लिन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यवसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल लिने बताएका छन् । सेना दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।

राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी बहन गरिरहेको नेपाली सेना सरकारको महत्वपूर्ण अंग रहेको बताउँदै प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, 'यो राष्ट्रिय लक्ष्य हासिल गर्न सेना उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।'

प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गरेका छन् । 'नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पुर्‍याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहनेछ' प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, 'सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकलदर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।'

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिको समयमा उच्च हौसला, जोश र सेवा भावका साथ उद्दार कार्यमा खटिने सैनिकलाई धन्यवाद दिएका छन्.। नेपाली सेनाले सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारीहरु कूशलतापूर्वक सम्पन्न गर्नेमा आफु विश्वस्त भएको ओलीको सन्देशमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.