केन्द्रिय समितिको निर्णय सच्चाउन ५६ जिल्ला सभापतिको माग

केन्द्रिय समितिको निर्णय सच्चाउन ५६ जिल्ला सभापतिको माग

काठमाडौं : पार्टीको केन्द्रिय समितिले बहुमतबाट पारित गरेको नयाँ विधानको केहि बुँदाहरु सच्याउन कांग्रेसका ५६ जिल्ला सभापतिहरुले माग गरेका छन् । जिल्ला सभापतिहरुले महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित शिर्ष नेताले आफूहरुसँग गरेको प्रतिबद्धता विपरित केन्द्रिय समितिबाट विधान पारित गरेको भन्दै सच्याउन माग गरेका हुन्।

जिल्ला सभापतिहरुले मुख्य गरी महाधिवेशन प्रतिनिधीका लागि केन्द्रिय सबै नेताहरु पनि तल्लो निकायबाटै निर्वाचित भएर आउनुपर्ने माग गर्दै आएका थिए । जिल्ला सभापतिहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको निर्णय सच्याउन माग गरेका हुन् ।

पारित विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान राखिएको छ । जसको वरिष्ट नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुले नोट अफ डिसेन्ट नै लेखेर विरोध समेत गरेका थिए । सभापति इतर समुहको असहमतिका बाबजुत बहुमतबाट विधान पारित भएपछि जिल्ला सभापतिहरु रुष्ट बनेका हुन् ।

गएको पुष २९ गते देखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकले स्वतः प्रतिनिधि हुने प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटामा एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर नदिने व्यवस्था विधानमा थप्न सुझाव दिएको थियो । तर केन्द्रीय समिति बैठकमा सभापति देउवापक्षले महासमितिको सुझाव बाध्यकारी नहुने भन्दै पुरानै प्रावधानका पक्षमा उभिएका थिए ।

‘महासमिति बैठकमा पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर दिन नहुने व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यवद्धता जनाउनुभएको थियो । यसरी महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ, विज्ञप्तिमा भनिएको छ, ‘महासमितिभन्दा ठूलो केन्द्रिय कार्यसमिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो ।’

जिल्ला सभापतिहरुले पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (दर्ता नं.९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हाँस्यास्पद भएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । ‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आमपार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्‍याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ, सभापतिहरुले भनेका छन, ‘अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुनेछौ ।’

संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति निकाल्ने कांग्रेसका जिल्ला सभापतिहरु :

प्रदेश नं. १
१. लिला देवी बोखिम — ताप्लेजुंङ
२. नरेन्द्र कुमार केरुङ्ग — पाँचथर
३. हिमालय कर्माचार्य — ईलाम
४. उद्धव थापा — झापा
५. गोविन्द ढुंगाना — तेह्रथुम
६. नन्दमणि राई — भोजपुर
७. नरेश कुमार श्रेष्ठ — खोटांङ
८. बिनोद बस्नेत — सोलुखुम्बु
९. राजिब कोइराला — सुनसरी
१० डिग बहादुर लिम्बु — मोरङ
११ बिदुर बस्नेत — गाईघाट
१२ दिपेन कुमार श्रेष्ठ - संखुवासभा

प्रदेश नं. २
१ कृष्ण देव यादव — रौतहट
२ अजय दुवेदी — पर्सा

प्रदेश नं. ३
१ उज्जल बराल — सिन्धुली
२ मधु आचार्य — काभ्रे
३ लवश्री न्यौपाने — रामेछाप
४ विकाश लामा — सिन्धुपाल्चोक
५ जगदीश नरसिंह केसी — नुवाकोट
६ दुर्लभ थापा — भक्तपुर
७ सबुज बानिया — काठमाडौं
८ पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९ रमेश धमला — धादिङ
१० जित नारायण श्रेष्ठ — चितवन

गण्डकी
१ बैकुण्ठ न्यौपाने — तनहुँ
२ कृष्ण केसी —कास्की
३ खम्ब गर्बुजा —म्याग्दी
४ यङ्गजीङ्ग बिष्ट —मुस्ताङ
५ कुमार राणा —स्याङजा
६ बिष्णु प्रसाद लामिछाने —नवलपुर
७ भेषबहादुर पौडेल —लमजुङ
८ हरि बहादुर घले —गोरखा

प्रदेश नं. ५
१ अर्जुन पोखरेल —परासी
२ वीरबहादुर राणा —पाल्पा
३ भुवन श्रेष्ठ —गुल्मी
४ बिष्णु प्रसाद खनाल (मुस्कान) —अर्घाखाँची
५ सुरेन्द्रप्रसाद आचार्य —कपिलवस्तु
६ अम्मरप्रसाद भण्डारी — प्युठान
७ अमर सिंह पून —रोल्पा
८ केशर मान रोका —पूर्व रुकुम
९ किरण कोइराला —बाँके
१० संजय गौतम — बर्दिया

कर्णाली
१ खड्गबहादुर शाही — मुगु
२ दिपबहादुर शाही —जुम्ला
३ हर्षबहादुर बम —कालिकोट
४ कृष्णकुमार बिसी — दैलेख
५ कमल राज रेग्मी —सुर्खेत
६ प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७ गणेशबहादुर चन्द —सल्यान
८ दिपक जंग शाही — जाजरकोट
९ जयपति रोकाया —हुम्ला
१० अंगत बुढा —डोल्पा

सुदूरपश्चिम
१ कर्णबहादुर मल्ल —डडेल्धुरा
२ ललित सिंह बोहरा —दार्चुला
३ नरेन्द्र सिंह थापा —बैतडी
४ हर्क जंगबहादुर सिंह —बझाङ
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.