गोरखा सदरमुकाममा शंकास्पद वस्तु फेला
गोरखा : विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको दिन बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।
तारले जेलिएको र टेप टाँसिएको कुकर झोलामा राखेर सडकमा छाडिएको अबस्थामा भेटिएको उनले बताए ।