बैंकका लागि सदरमुकाम

बैंकका लागि सदरमुकाम

गोरखा : गाउँगाउँमा सिंहदरबार भन्ने नारा दिएर सरकारले योजना निर्माण, सम्झौतालगायतका अधिकार स्थानीय सरकारमा दिए पनि दुर्गम चुमनुब्री गाउँपालिकाका बासिन्दा योजना सम्झौता गर्न सदरमुकाम धाइरहेका छन्। ५२ कोस टाढा सामागाउँ, छेकम्पारदेखि सात दिन पैदल हिँडेर योजना सम्झौता गर्न सदरमुकाम आएको उपभोक्ता समितिका पदाधिकारी बताउँछन्।

गाउँमा खुलेको एकमात्र बैंकले गाउँपालिकासँग बैंकिङ कारोबार गर्न नमानेपछि उपभोक्ता समिति योजना सम्झौता गर्न र खाता सञ्चालन गर्न सदरमुकाम झर्न बाध्य भएका गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ बताउँछिन्। महँगो खर्च तिरेर उनीहरु सदरमुकामका होटलमा कार्यालय सञ्चालन गरेर योजना सम्झौता गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत, सातवटै वडाका अध्यक्ष, वडा सचिव, लेखापालसमेत सदरमुकाममै छन्।

चुमनुब्री गाउँपालिकाका सबै वडा हिमालपारि छन्। प्रत्येक वडामा सातवटा भन्दा धेरै योजना छन्। सबै समितिका पदाधिकारीहरुले सदरमुकामका होटल भरिएका छन्। वडा नं. १ को सातवटा योजनामध्य सबै सम्झौता गरिसकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशभक्त त्रिपाठीले जानकारी दिए। सो वडाका लागि चालू वर्ष १ करोड १५ लाख रुपैंयाँ बजेट विनियोजन गरिएको थियो। त्यस्तै वडा नं. २ मा एक करोड रुपैंयाँको ६ वटा योजनामध्ये सबै सम्झौता भएको त्रिपाठीले बताए।

प्रमुख प्रशासकीय अधिकृत, सातवटै वडाका अध्यक्ष, वडा सचिव, लेखापालसमेत सदरमुकाममै छन्। सबै समितिका पदाधिकारीहरुले सदरमुकामका होटल भरिएका छन्।

वडा नं. ३ मा विनियोजित १ करोड ४० लाख रुपैयाँका १५ वटा योजनामध्ये पाँचवटा मात्र योजना सम्झौता गरिएको प्रशासकीय अधिकृत त्रिपाठी बताउँछन्। उनका अनुसार वडा नं. ४ मा विनियोजित करिब एक करोड रुपैंयाँका १४ वटा योजनामध्ये सबैको सम्झौता भइसकेका छन्। वडा नं. ५ का करिब एक करोडको १२ योजना पनि सम्झौता भइसकेका छन् भने वडा नं. ६ को १ करोड रुपैंयाँका १० वटामध्ये सबैको र वडा नं. ७ का एक करोडका नौ योजनामध्ये सबैको सम्झौता भइसकेका प्रशासकीय अधिकृत त्रिपाठीले बताए।

बैंकले गत वर्ष पनि सेवा नदिएको र यो वर्ष पनि सेवा नदिँदा दुर्गम क्षेत्रका गाउँलेले दुःख पाएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्। ‘दुर्गम ठाउँको बैंक, धेरै पैसा भुक्तानी दिन सक्दैनौं भन्छ’, उनले भनिन्, ‘सबै गाउँपालिकामा अनिवार्य बैंक खोल्ने भनेर त्यतिबेला कति पहल गरेर बैंक ल्याइयो तर बैंकले सेवा दिएन।’ गाउँपालिकाको बजेट १३ करोड ५० लाख रहेको तर बैंकले पाँच करोड रुपैंया भन्दा धेरै दिन नसक्ने भन्दै अटेरी गर्ने गरेको उनको भनाइ छ।

अधिकांश बाली संरक्षणका लागि तारबारका योजना छन्। ‘गाउँको पहिलो प्राथमिकता कृषि उत्पादन नै भएकाले भालुबाट बाली जोगाउन तारबारलाई नै जोड दिएका छौं’, वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामा भन्छन्, ‘सामागाउँ, ल्हो, प्रोक र छेकम्पारका अधिकांश बजेट तारबारमै विनियोजन भएको छ।’ बिहीमा वडा कार्यालय निर्माणमा, चुम्चेतमा स्वास्थ्य चौकी भवनमा र सिर्दीबासमा सामुदायिक भवन निर्माण र ढल निकासका लागि ठूलो परिमाणमा बजेट विनियोजन भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.